यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

Jun 21, 2023 - 04:16
 0
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी राजमा ६०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेँडा ठुलो ३५, भारतीय गोलभेँडा ठुलो ३५, टनेल गोलभेँडा सानो ८, लौका ५० कायम भई कारोबार भइरहेको छ । 

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, पालूगो साग रु १००, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काँक्रो १२०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ । 

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ४०० रुपैयाँ, किवी ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ । 

यस्तै, मालदह आँप ७०, हरियो धनियाँ १५०, लोकल लीच्ची १००, खुर्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.