हाम्रो होली

Mar 16, 2022 - 09:04
Mar 16, 2022 - 09:08
 0
हाम्रो होली

होली       राधिका दाहाल 
   
 आज होलीको दिन । अमर र उसका साथीहरु ज्यादै रमाई रहेका छन् । उनिहरुले अस्तिदेखि नै होली खेल्ने योजना बनाएका थिए । उनिहरु आज बिहान सधैँभन्दा छिट्टै उठेर आआफ्ना आमासँग पैसा मागेर रड.्ग , लोला र पिचकारी किन्न पसल गए । सबै जना जम्मा भएर अमरको आमाले दिनुभएको लड्डु खाए । घरमा सबैभन्दा पहिला अमरकी हजुरआमाले सबैलाई रातो टीका लगाइदिँदै “ सत्य र न्यायको बाटोमा सदा लागिरहनु” भनेर आशीर्वाद दिनुभयो । त्यसपछि उनिहरुले लोला भरे अनि खाना खाएर होली खेल्न थाले । उनिहरु रड.्ग , लोला पिचकारी र मिठाई लिएर होली खेल्न गए ।
  होली खेलिसकेर मिठाई खाने है भनेर सबैजनाले मिठाई एकै ठाउँमा राखे ।  एकछिन होली खेलेर उनिहरु मिठाई खान आउँदा त रमेशले अघि नै सबै मिठाई खाएर अन्तै गएछ । अमर र उसका साथीहरु मिलेर रमेशलाई खोज्न थाले । त्यही बेला ठूलादाईहरु हेली खेल्दै बाजा बजाउँदै उनिहरु भए ठाउँमा आईपुगे । फेरि अमरहरुले नाच्दै गाउँदै रमाईलो गरे । अनि दाईहरुले पनि उनिहरुलाई लोला , रड.्ग दिनुभयो । आजको दिन सारै रमाईलो भयो हकि भन्दै साँझ पर्न लागेपछि उनिहरु गीत गाउँदै घर फर्कदै थिए । 
   त्यहि बेला रमेश उनिहरुलाई देखेर भाग्यो । उ भाग्दा भाग्दै फर्निचर बनाएको ठाउँतिर दगुर्यो । त्यहाँ  ससाना फलामका कीलाहरु रहेछन् । उसको एउटा खुट्टामा कीलाले घोच्यो । रमेशलाई धेरै दुख्यो र उ रुन थाल्यो । उ हिँड्न पनि सकेन । उसको यस्तो हालत देखेर केही साथीहरुले भने “ यसलाई ठिक पर्यो , सबैले बाँढेर खाने भनेर राखेको मिठाई किन चोरेर खानुपथ्र्यो त ? “यसलाई यहिँ   छाडिदिऊँ बसोस न रोएर ।” कसैले भने, “यसलाई माफी मगाउनुपर्दछ ।” अमरले विहान हजुरआमाले दिएको आर्शीवाद सम्झियो , स्कुलमा पढाएको कुरा सम्झियो । आपद्विपदमा परेका सबैलाई सहयोग गर्नु पर्दछ । अनि सबै साथीहरुलाई सम्झायो, “ ठिक छ, यसलाई हामीले माफी मगाउनु पर्दछ । अबदेखि कहिल्यै पनि फट्याइँ नगर्ने बाचा गराउनु पर्दछ तर अहिले यसलाई अस्पताल लैजाऔँ ” १ 
    अनि सबै मिलेर रमेशलाई नजिकैको क्लिनिकमा लगे । डा.अड.कलले उसको खुट्टामा बिझेको कीला निकालेर दबाई लगाईदिनुभयो । साथै उसलाई टिटानसको सुई लगाईदिनुभयो । उनिहरुले डा. अड.्कललाई धेरैधेरै धन्यवाद दिए । “ साथीलाई यस्तो आपद् पर्दा उसलाई सारै सहयोग गरेछौ, तिमीहरु सबै ज्ञानी रहेछौ । यसरी नै सहयागी बन्नु पर्दछ है ।”  तिमीहरुलाई होलीको उपहार भनेर भन्दै डा. अंकलले सबैलाई कलम दिनुभयो । उनिहरु सबै खुसीले नाचे , सबैजना मिलेर रमेशलाई उसको घरमा पुर्याइदिए । रमेश लाजले भुतुक्क भयो । “ अबदेखि कहिल्यै पनि यस्तो गलत काम गर्दिनँ । मलाई माफ गरिदेऊ साथी हो ।” रमेशकी आमाले सबैलाई मिठाई दिनुभयो, सबै साथीहरु ह्यापी होली भन्दै आआफ्ना घर फर्किए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Radhika I love poems and do write some myself. I like to keep myself busy with social work.