मनथन

मनथन
हामी मौन रहन्छौ,
हाम्रा शासकहरु बोल्छन् ।
हामी अस्तित्वहीन
उसको आदेश पाएपछि
हाम्रो दैनिकी सुरु हुन्छ,
हाम्रो भविष्य उसको हातमा छ ।
उ सुन्न जान्दैन
बोल्न मात्र जान्दछ ।
वरिपरि सुन्ने झुण्ड नभए
आफै बरबराउँछ एकलै
दु:ख पिउन अभ्यस्त हामी
मुस्कुराउन बिर्सेछौँ ।
धैर्य धारण गर्दागर्दै
उसले दुर्गन्ध फैलाई सकेछ,
हामी मन्थन गरौँ
आचारविचार र व्यवहार
सुधार गर्ने प्रथा बसाऔँ ।
समुन्द्रमनथनबाट
बिष-अमृत निस्केझैँ
गुण अवगुणको कसी लगाउँदै
अमृत र विषको घडा
पहिल्याउँदै
विषको घडा फाल्न तत्पर बनौँ ।