योग दिवसको उपलक्षमा योग गीत लोकार्पण । 

Jun 21, 2024 - 10:40
Jun 21, 2024 - 18:33
 0
योग दिवसको उपलक्षमा योग गीत लोकार्पण । 

असार ७, काठमाडौंं । दशौं अन्तराष्ट्रिय योग दिवसको उपलक्षमा आज बिशाल मिलन वैज्ञानिक योगको पहलमा योग  गीतको  लोकार्पण गरिएको छ । 


“नाचौ नाचौं भो जीवन हाँसौ हाँसो भो फुल जस्तै चोखो जीवन बाँचो बाँचो भो “ बोलको योग गीत कार्यक्रममा प्रमुख अतिथी बिशाल मिलन केन्द्रका अध्यक्ष हरि प्रसाद अधिकारीले एक समारोहबिच लोकार्पण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै अधिकारीले योगमा गीत संगीतको भुमिका प्रमुख रहने हँुदा ध्यानको लागि गीत बनाउनु पर्नेमा जोड दिनु भयो । 


यसैगरी कार्यक्रममा बोल्दै बिशाल मिलन केन्द्रका पुर्व अध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नं ४ का पुर्व वडाध्यक्ष अच्युत सापकोटाले यस केन्द्रको यो वडामा एक छुटटै पहिचान रहेको बताउँदै यो केन्द्रको  योग ध्यानमा प्रमुख भुमिका रहेको बताउनु भयो । 


कार्यक्रममा बोल्दै बिशाल मिलन योग प्रशिक्षकका योग प्रशिक्षक तथा बिशाल मिलन केन्द्रका सल्लाहकार डां दीपक शर्माले वि.स.२०४३ सालमा स्थापित यस केन्द्रमा २०५८ साल देखि नियममित रुपमा योग ध्यान साधना हँुदै आएको े बताउनु भयो । साथै उहाँले योगलाई गीत संगीतको माध्यमद्धारा अझ शसक्त बनाउन यस खालको गीत केन्द्रले ल्याएको बताउनु भयो । 


कार्यक्रममा गीतका रचनाकार डां विज्ञान भिक्षुले यो गीतको श्रृजनाबारे आफनो अनुभव सुनाउनु भएको थियो । 
यो योग गीतको संगीत उत्तम आचार्यले दिनु भएको छ  भने यस गीतमा  उक्तम आचार्य, किशोर सेढाई र गायिकाद्धय बन्दना थापा र सोनु गुरुङ्गको स्वर रहेको छ भने बिक्रम कार्कीले सङ्गीत संयोजन गर्नु भएको छ । 


योग दिवस कार्यक्रममा योग साधिका रमिला थापा र साधक उमेश सिटौलाले विभिन्न आसनको प्रस्तुती गर्नु भएको थियो भने योग साधिका मेनुका आचार्य, भावना पाण्डे र झरना सिंहले योग बारे आफनो धारणा राख्नु भएको थियो । 


संयुक्त राष्ट्रसंघको महासभाबाट सन २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भए पछि २०१५ को जुन २१ देखि  अन्तराष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।राष्ट्रसंघको महासभामा  सो प्रस्ताव भारतले प्रस्तुत गरेको थियो भने नेपालका तत्कालीन प्रधानमन्त्री शुसिल कोइरालाले नेपालको तर्फबाट  भारतको सो प्रस्तावलाई समर्थन गर्नु भएको थियो ।

Photo Gallery:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register