सेयर बजार ३४.१७ अंकले बढ्याे

Jun 13, 2023 - 09:07
 0
सेयर बजार ३४.१७ अंकले बढ्याे
सेयर बजार ३४.१७ अंकले बढ्याे

काठमाडौँ । सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । याे कारोबार रकम करिब ६ महिनायताकै उच्च हो । 

वित्तीय प्रणालीमा तरलता बढ्दै जाँदा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बैंकमा निक्षेप थुप्रिँदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमै आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर पनि ६.३१ विन्दुमा छ । 

यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र आइजीआई प्रुडेन्सियल इन्सुरेन्स परेका छन् । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1