अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा राग मारु विहागको प्रस्तुती ।

Sep 2, 2023 - 02:39
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा राग मारु विहागको प्रस्तुती ।

भाद्र १६, काठमाडौं । हरेका नेपाली महिना १५ गते प्रस्तुती हँुदै आएको अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमाको १४ औं श्रृंखलामा  राग मारु विहागको प्रस्तुती गरिएको छ । शास्त्रीय गायिका डा. सिता थापाले शास्त्रीय गायनमा राग मारु विहाग प्रस्तुत गर्नु भएको थियो । उहाँलाई तबलामा बरिष्ठ तबला बादक डंकनदास चौधरी , भायलिनमा यतिराज अधिकारी र तानपुरामा अमृता अर्यालले साथ गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानमा संरक्षक पं अच्युतराम भण्डारीले शास्त्रीय गायिका डा. सिता थापालार्ई  संस्थाको तर्फबाट सम्मान गर्नु भएको थियो ।
बरिष्ठ वेदाचार्य अच्युत चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा श्रोता दर्शक गरि करिब पचास जनाको सहभागिता रहेको थियो ।


वि.स. २०७९ साल असार १५ गते शास्त्रीय संगीतको उत्थानमा स्थापित यस संस्थाले आफनो १४ श्रृंखला आइ पुग्दा विभिन्न कलाकारहरुबाट ध्रुवपद युगलबन्दी, शास्त्रीय गायन, भायलिन , सारङ्गी, बाँसुरी र तबला सोलो बादनको प्रस्तुती गरि सकेको छ । 

यस प्रतिष्ठानमा हरेक शनिबार डा. अन्जु उप्रेतीबाट सितार बादन, यतिराज अधिकारीबाट भायलिन बादन, डा. निरन्जन भण्डारीबाट बाँसुरी बादन , परशुराम भण्डारीबाट सारङ्गी बादन र सुमन खत्रीबाट गायनको कक्षा नियमित संचालन हुँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register