विश्वकप छनाेट : नेपालले आज विश्वविजेता वेष्टइण्डिजसँग खेल्दै

Jun 22, 2023 - 01:34
 0
विश्वकप छनाेट : नेपालले आज विश्वविजेता वेष्टइण्डिजसँग खेल्दै
विश्वकप छनाेट : नेपालले आज विश्वविजेता वेष्टइण्डिजसँग खेल्दै

काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा नेपालले आज विश्व विजेता वेष्टइण्डिजसँग खेल्दैछ ।नेपाल र वेष्टइण्डिजबीचको खेल जिम्बावेकाे हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले  वेष्टइण्डिजसँग पहिलाे पटक खेल्न लागेकाे हाे । नेपालले टी-२० र एकदिवसीय फर्म्याटमा वेस्टइण्डिजसँग अहिलेसम्म खेलेकाे छैन ।

वेस्टइण्डिज सन् १९७५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । वेष्टइण्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकपकाे उपाधि समेत जितेको थियो ।नेपालले असार ९ गते नेदरल्याण्ड्सँग खेल्नेछ । असार ३ गते भएकाे आफ्नाे पहिलाे खेलमा नेपाल घरेलु टाेली जिम्बावेसँग ८ विकेटले पराजित भएकाे थियाे । असार ५ गते भएकाे आफ्नाे दाेस्राे खेलमा भने नेपालले अमेरिकालाई ६ विकेटले हराएकाे थियाे ।

विश्वकप छनाेटकाे समूह 'ए' मा नेपाल, वेस्टइण्डिज, जिम्बावे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह 'बी' मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् ।शीर्ष ३ टोलीले सुपर सिक्समा ठाउँ बनाउने छन्  र सुपर सिक्समा अर्काे समूहबाट आउने ३ टोलीसँग खेल्नेछ । शीर्ष २ टोलीले विश्वकपमा ठाउँ बनाउनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1