मर्ज हुन चाहने क्याम्पसलाई त्रिविले गर्‍यो निवेदन आह्वान

Jun 13, 2023 - 03:49
 0
मर्ज हुन चाहने क्याम्पसलाई त्रिविले गर्‍यो निवेदन आह्वान
मर्ज हुन चाहने क्याम्पसलाई त्रिविले गर्‍यो निवेदन आह्वान

काठमाडौं । त्रिविअन्तर्गतका सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरूले मर्ज हुने चाहेमा निवेदन दिन सक्ने भएका छन्।पूर्णरूपले एक आपसमा गाभिई समायोजन हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरूलाई त्रिभुवन विश्वविद्यालयले निवेदन दिन भनेको हो।

‘नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्णरूपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा ती क्याम्पसहरूले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराइ २०८० आषाढ मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सम्बन्धित सबै इच्छुक क्याम्पसहरूलाई सूचित गरिन्छ,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ।समायोजन बापत कुनै शुल्क नलाग्ने बताइएको छ।

क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरू, नवीकरण पत्रहरू र अक्षयकोषको रसिद आदि कागजात निवेदनसाथ सलग्न गर्नुपर्ने त्रिविले बताएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1