५ लाख अमेरिकी डलर लगानी गरेर यमुना को प्रवेश सगुनमा

करीब ५ हजार एन आर एन ए लगानीकरताहरूले लगानी गरेको सगुनमा ५ लाख अमेरिकी डलर लिएर यमुना को प्रवेश

Sep 10, 2021 - 06:28
Sep 16, 2021 - 09:05
 0

अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास, ड्यालसमा बसोबास गर्ने एक सफल व्यवसायी यमुना भट्टराई सगुन अभियानमा जोडिएकी छन् । भट्टराईले सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छन् । 

आफूले लगानी गर्नुको कारण खुलाउंदै श्रीमती भट्टराईले भनिन्, “सगुन परिवारसंग जोडिन पाउँदा मलाई साह्रै खुसी लागेको छ र मलाई सगुनमा लगानी गर्ने यो अवसर दिनु भएकोमा म सगुनका संस्थापकहरुलाई धन्यवाद दिन चाहन्छु ।  मैले एउटा स्टार्ट अप कम्पनीमा लगानी गरुंला भनेर कहिल्यै सोचेकी थिइन, तर सगुनको दीर्घकालिन भिजन, बलियो टिम, विशिष्ट प्राविधिक नवप्रवर्तन, हालै भएका उपलब्धिहरु र भरपर्दो भावी व्यापार योजना देख्दा म सगुन सफल हुनेमा पूर्ण  विश्वस्त छु ।

सगुनले भट्टराईलाई आफ्नो अभियानमा जोड्न पाउँदा खुसी व्यक्त गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले भने, “श्रीमती भट्टराईले हाम्रो यात्रालाई लामो समयदेखि नियालिरहनु भएको थियो ।  अहिले उहाँले सगुनमा ५ लाख डलर लगानी गरेर यो अभियानमा जोडिने निधो गर्नु भएको छ ।”  उनले भने, “हामी हाम्रो अभियान र परियोजनामा जोडिने श्रीमती भट्टराईको निर्णयबाट निकै उत्साहित छौं ।  उहाँजस्ता प्रवासमा बस्ने धेरै नेपाली तथा दक्षिण एसियाली उद्यमीहरुले सगुनजस्ता स्टार्टअप कम्पनीहरुले प्रदान गर्ने अवसरबारे जानकारी राख्नु निकै उत्साहजनक कुरा हो ।”

सगुनका सहसंस्थापक, कबिन सिटौलाले भने, “एक सफल महिला व्यवसायी यमुना भट्टराईको कथा सांच्चिकै प्रेरणादायी छ ।  उहाँ एक मेहनती, सफलता पछ्याउने र महत्वाकांक्षी महिला व्यवसायी हुनुहुन्छ जसले सफल उद्यमी बन्न चाहने कुनै पनि महिला वा जो कोहीलाई उत्प्रेरित गर्न चाहनु हुन्छ । उहाँको लामो व्यावसायिक अनुभवले सगुनलाई अर्को चरणको वृद्धि तथा विस्तारमा सघाउ पुर्याउने हामीले विश्वास लिएका छौं । साथै उहाँले  प्रविधिमा आधारित एउटा विश्वव्यापी कम्पनीको विकास यात्रामा सहभागी हुने विशेष अनुभव पनि प्राप्त गर्नु हुने छ ।”

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ ।  सगुनको  प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी ’ स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ’स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकेका छन् । हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेडलाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै सपिंग तथा “भ्वाइस स्टोरी”  फिचरहरु पनि बजारमा आउंदै  छन् ।

अमेरिकाकी सफल एन्ट्रोप्रोनर नेपाली चेली - यमुना भट्टराई
(तलको लेख ईनेपलीज मा प्रकाशित सुरेन उप्रेती द्वारा लेखिएको लेखबाट साभार)

अमेरिकालाई मानिसहरू ड्रिम अफ लेण्ड भन्ने गर्दछन् । हुन पनि सन्सारको छाना सङगठन युनाइटेड नेसनको सबै भन्दा बढी २२ प्रतिशत लगानी दातामा अमेरिकनै आउँछ । सन्सारभरी चाहे भोकमारी हटाउन होस या युद्ध दवाउन । हतियार बनाउन होस् या हतियारहरू बेच्न । सदैब शक्ती राष्ट्रका रूपमा चिनिन चाही रहने देश हो अमेरिका ।  शिक्षा, रोजगार, पैसा सबै पाइने सपनाको देश अमेरिका । शिक्षा आर्जन गर्ने क्रममा सन १९९४ मा नन्दी भट्टराई  अमेरिका आउनु भयो । आफ्नो श्रीमानले दुई बर्ष अध्ययन पश्चात यमुना भट्टराई पनि अरू मानिसले देख्ने जस्तै श्वर्गिय आनन्दको सुखभोग गर्न सन १९९६मा अमेरिका आउनु भयो । तर कल्पना गरेजस्तो परदेशमा कहाँ सहज हुन्थ्यो र ? काम गर्न गएकै दिन भूँईँ पुच्छ्नु पर्यो । नेपालमा पाँचबर्ष जती टेलिकममा जागिर खाँदाका दिनहरूको याद आयो । उमेरले प्रौढ भएका दिदीहरू खलखली पशिना निकाल्दै भूईँ पुच्छथे । मेडम ! पानी खाने भन्दै पानी ल्याई दिन्थे । सम्झँदा पनि उनको कटक्कै मुटुकाटियो । भक्कानो फुटेर अरूण र बरूण झैँ आँशु बगे । कतीखेर अपार्टमेण्टमा पुग्ने र श्रीमान नन्दी भट्टराईलाई  नेपाल फर्कौ भनेर ढिप्पी कस्ने भन्दै आइन । तर तुरून्तै फर्कन पनि कहाँ सजिलो थियो र ! मनलाई गाँठोपार्दै काममा लागिन । काम गर्दै जाँदा कुनै पनि काम सानो ठूलो हुँदैन । मानिसको काम हेरेर मूल्याङ्कन गर्ने सँस्कार नै गलत हो भन्ने थाहा भयो । मानिसको श्रमलाई सम्मान गर्नु पर्छ भन्ने ज्ञान र भावना विकाश भयो ।

साढेसात बर्ष सलेक्स सिटी यूटामा बसे पछी स-परिवार डालसमा बसाई सरे । सँधैअरूको काम गरेर हुँदैन, केही गर्नु पर्छ भन्ने सल्लाह भयो । केही बर्षसम्म उचित व्यवशायको खोजी गरे पछी ग्याँस स्टेसनबाट व्यवायमा प्रवेश गरे । ग्याँस स्टोरलाई बढाउँदै लिक्वइर(मादकपदार्थ)को स्टोरमा पनि हातबढाए । अमेरिकाको टेक्सास राज्यमा लिक्वइरको लाइसेन्स प्राप्त पसल  एक व्यक्ति लाई २०० बटा सम्म खोल्न अनुमति छ। तर अरू राज्यमा त्यस्तो सुविधा छैन । यमुनाले पनि लिक्वइर स्टोरहरूको संख्या बढाउँदै लगिन । वालमार्ट आदि स्टोर र ग्रोसरी स्टोरहरूलाई मादकपदार्थ बेच्ने अनुमति छैन । तर ती स्टोरहरूले बेच्न पाउनु पर्छ भनेर मुद्धा लड्दैछन् । यदी ती स्टोरहरूले मादकपदार्थ बेच्न पाए भने लिक्वइर स्टोर सुक्छन् । यमुना भट्टराईलाई Warren Buffet को “Do not put all your  eggs in one Basket” भन्ने भनाईले पनि  निक्कै प्रभावित बनायो । उनले रियलस्टेटमा लगानी बढाउने सोच ल्याइन । श्रीमानले पनि उनको सोचलाई हरौँन त भनेर अगाडी बढ्न दिए । हाल आएर टेकससका हाईवे छेउका हजारौँ एकड जग्गामा लगानी गरेको छ । बिभिन्न ठाउँमा डिपार्टमेण्टल स्टोरहरू, हाउजिङ आदिमा लेण्डडिभलोप गराएर एक डिभलोपरका नामले परिचित गराएको छ । सयौँको संख्यामा मानिसहरूले रोजगार पाएका छन् । अमेरिकामा डिभलोपरहरूको भेला र प्रदर्शनीमा जाँदा अधिकांस पुरूषहरू  एन्ट्रोप्रनर भएर आउँछन । धेरैजसो महिलाहरू कामदारका रूपमा आएका हुन्छन् । उनलाई देख्दा अमेरिकन महिलाहरू पनि आँखा ठूला बनाएर अचम्म मान्छन् । उनको शाहस र सफलता देखेर सबै  महिलाहरू गर्व गर्छन् ।

यो सफलताको राज के हो ? नेपाली महिलाहरूलाई सफलताको यात्रामा जान के गर्नु पर्छ ? भन्ने प्रश्नको उत्तर दिँदै यमुना  भन्छिन् । एन्ट्रोप्रोनर हुन पुरानो सोचलाई परिवर्तन गर्नु पर्दछ ।  छोरालाई बिवाह गरेर बुहारी ल्याउने र घर चलाउने गरिन्छ । छोरीलाई बिवाह गरेर अर्काको घर जानु पर्छ भन्ने सोच सानै देखि भरिन्छ । चाहे छोरा हुन या छोरी ।  घर चलाउन दुबैको उत्तिकै महत्व हुन्छ । उनीहरू दुबै सक्षम हुनु आवश्यक छ । उनीहरूलाई नयाँ नयाँ कामहरू गर्न प्रेरित गर्ने र  सपना देख्न दिनु पर्छ । सफलता प्राप्त गर्न  नयाँकामको थालनी पूर्व त्यसको अध्ययन गर्न जरूरी छ । रिसर्च राम्रो भए पछी जोखिम मोल्ने आँट गर्न पनि सक्नुपर्दछ ।आफुले थालेको व्यवशायमा मेहनत र निरन्तरताले सफलतामा पुर्याउँछ । त्यसमा समयले भनौ भाग्यले पनि साथ दिनु पर्दछ ।

यमुना भट्टराईले सगुनमा पाँचलाख  डलर( Half Million Dollar )लगानी गरेकी छन् । किन यती ठूलो लगानी गर्नु भयो भन्ने प्रश्नमा यमुना भन्छिन । सगुनलाई पहिलै देखि नै नियालेर हेर्दै थिएँ । पटक पटक लगानीका प्रस्ताबहरू पनि आएका थिए । अव एती धेरै प्रगति गरेको स्टार्टप कम्पनीमा लगानी गर्न सकिएन भने भोली पश्चाताप मात्र हुन्छ भन्ने लाग्यो । लगानी गर्ने भनेकै स्टार्टप कम्पनीमा हो भन्ने मेरो अनुभव पनि छ । स्टार्टप कम्पनीमा मात्र अत्यधिक मुनाफा हुने सम्भावना हुन्छ । सगुन स्टार्टप कम्पनी हो र यसको भविष्य निकै उज्वल देखेकी छु । एउटी नेपाली चेलीको शाहस क्षमता र विज्ञताले सारा नेपाली नारीहरूको मात्र नभएर समस्त नेपालीहरूकै शिर उच्च भएकोछ ।  

सबैकी प्रेरणाकी श्रोत बनेकीछन् यमुना भट्टराई ।

Another Story You May Like:

सगुनका Seed Investor हरु के भन्छन?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register