बेलायतमा प्रोपर्टी किन्न अहिले उपयुक्त समय

लन्डन । बेलायतमा घर खरिद गर्न अहिलेको समय उपयुक्त रहेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका मोर्गेज एड्भाइजर रमेश सरांगकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघ यूकेले आइतबार आयोजना गरेको भर्चुअल संवादमा उनले सो कुरा बताएका हुन् । उक्त संवाद शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले चलाएका थिए । फर्ष्ट टाइम बायरलाई घर किन्न बेलायतमा अत्यन्तै सजिलो […]

Dec 3, 2024 - 01:34
 0
बेलायतमा प्रोपर्टी किन्न अहिले उपयुक्त समय

लन्डन । बेलायतमा घर खरिद गर्न अहिलेको समय उपयुक्त रहेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका मोर्गेज एड्भाइजर रमेश सरांगकोटीले बताएका छन् ।

नेपाल पत्रकार महासंघ यूकेले आइतबार आयोजना गरेको भर्चुअल संवादमा उनले सो कुरा बताएका हुन् । उक्त संवाद शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले चलाएका थिए ।

फर्ष्ट टाइम बायरलाई घर किन्न बेलायतमा अत्यन्तै सजिलो र पारदर्शी हुने उनले बताए । घर खरिद गर्नु अघि कस्तो घर किन्ने र कहाँ किन्ने भन्ने बारेमा पहिला नै छलफल गर्नुपर्ने उनको सुझाव छ ।

बेलायतमा ‘बाइ टु लेट’ व्यवसाय निकै फष्टाएको र बाइ टु लेटका लागि आम्दानी भन्दा त्यसबाट प्राप्त हुने रेन्टमा भर भएकाले पहिलो घर किनिसकेका लागि अत्यन्त सहज हुने उनको भनाइ थियो ।

करिब डेढ घण्टा लामो संवादमा वरिष्ठ मोर्गेज सल्लाहकार सरांगकोटीले पहिलोपल्ट घर खरिद गर्ने (फर्स्ट टाइम बायर), घर खरिद गरिसकेका (होम अनर) र लगानीकर्ताका लागि (बाइ टु लेट) सम्बन्धि जानकारी दिएका थिए ।

विगत केहि वर्षको तुलनामा अहिले बैंकको ब्याज दर घटेको र भविष्यमा के हुन्छ भन्ने विषयमा कसैले पनि बताउन नसक्ने र कसैले बताए पनि भविश्यवाणी जस्तो मात्र हुने उनको धारणा थियो ।

बैंक अफ इग्ल्यांडको नौ जनाको टिम मनिटरी पोलिसी कमिटीले भोटिंग गरेर मात्र ब्याजदर निर्धारण हुने र उक्त भोटिंगका लागि वर्षमा ८ पटक मिटिंग हुने र त्यसको मिति पहिला नै निर्धारण गरिने उनले बताए ।

विगत केहि वर्षलाई आधार मान्दा हालको बैंकको ब्याज दर बढी देखिएपनि सन् १९९५ तिर यो भन्दा कैयौं गुणा बढी रहेको डेटा उनले प्रस्तुत गरेका थिए ।

यसैगरी एकपटक घर खरिद गरिसकेपछि रेसिडेन्सियल प्रोपर्टी रिमोर्गेज गर्दा अपनाउनु पर्ने विभिन्न प्रक्रिया र यसका फाइदा बेफाइदाबारे पनि उनले प्रष्ट्याएका थिए । रिमोर्गेज गर्दा लगानी गर्ने अवसर, अन्य व्यक्तिलाई समावेश गर्ने सम्भावना र मर्मत गर्न लाग्ने खर्च पनि लिन सकिने हुँदा यस्ता फाइदाको बारेमा सबैले बुझ्न आवश्यक रहेको उनले बताए ।

विभिन्न प्रकारका मोर्गेजका लागि बैंकले निर्धारण गरेको ब्याज दर र घर खरिद गर्दा लाग्ने कर स्ट्याम्प ड्युटीको बारेमा पनि उनले प्रष्ट्याए ।

बेलायतमा घर खरिद गर्दा गरेको लगानी खेर नजाने उनको दावी छ । घर खरिद गर्न विभिन्न प्रकारका स्किम रहेका र धेरैले यसबारे नबुझेकाले पनि प्रायः नेपाली प्रोपर्टी व्यवसायमा लाग्न नचाहेको उनको भनाइ छ ।

पत्रकार महासंघ यूकेले गत नोभेम्बर १ तारिखबाट प्रत्येक महिनाको पहिलो आइतबार समसामयिक र जनचासोका विषयमा संवाद गर्दै आएको छ ।

संवादको पूर्ण विवरण तल भिडियोमाः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register