सामुदायिक विद्यालयका कर्मचारीको आन्दोलन स्थगित

Jun 18, 2023 - 06:48
 0
सामुदायिक विद्यालयका कर्मचारीको आन्दोलन स्थगित
सामुदायिक विद्यालयका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको आन्दोलन स्थगित भएको छ । शिक्षा मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको हो । नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषद्ले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् । 

सरकारको तर्फबाट वार्ता टोली गठन गरी संवादको वातावरण निर्माण गरिएको र आम जनभावनाको कदर गर्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको ती संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । सेवा र सुविधा थप गर्न माग गर्दै  ती संगठनले आइतबार विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।    

सामुदायिक विद्यालयका कर्मचारीको सेवा,सुविधा उल्लेख भएको सर्भिस ल बनाई कार्यान्वयन गर्नु भन्ने  सर्वोच्च अदालतको आदेश समेत कार्यान्वयन नभएको आन्दोलनकारीको गुनासो छ । सर्भिस ल पूर्ण कार्यान्वयन गर्न माग गर्दै त्यसो नगरिए स्थगन गरिएका आन्दोलनका कार्यक्रमहरू पुनः अगाडि बढाइने  विज्ञप्तिमा उल्लेख छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1