पृथ्वीको गीत 

पृथ्वीविचार हो राष्ट्रिय चिन्तनधार

Feb 4, 2022 - 11:29
Feb 4, 2022 - 11:29
 0
पृथ्वीको गीत 

पृथ्वीको गीत 

पृथ्वीविचार हो राष्ट्रिय चिन्तनधार
जोगाउने नेपाल यो साझा विचार
देश जगाउने सार विचार धार विचार हो 
समाधान हो समस्याको पार विचार हो ।

आत्मनिर्भर अर्थतन्त्र पृथ्वीको मन्त्र 
स्वधर्म र स्वसंस्कृति नछोड है जनता
आफ्नै सीप आफ्नै साधन आफै विकास 
साझा राजमार्ग हाम्रो सबमा निकास ।

सुशासन यो समृद्धि यो साझा फूलबारी 
समावेशी यही हो सबको हक बराबरी 
एकै राष्ट्र एकै नेपाल एकै नेपाली 
देश थाम्ने हो पृथ्वीको विचार  उचाली ।

जोगाउने नेपाल यो जगाउने नेपाल
मौलिक हो यो आफ्नै हो यो पृथ्वीकोविचार
सधैंभरि ताजै हुने य‍ो पुरानो विचार 
देशको शक्ति देशको भक्ति पृथ्वीकोविचार । 

आशिर्वाद गोरखनाथको उर्जा गोरखाजनको
एकीकरण नेपालको अनिवार्य थियो 
जयजय काली जयजय गोरख सौर्य नारा थियो 
यही नाराले विशाल नेपाल जोडिएको थियोे ।

नारायण भएर अघि बढे पृथ्वीनारायण 
शक्ति भएर अघि बढे जनता जनार्दन 
झुक्ने थिएनन् बिक्ने थिएनन् टिक्ने मात्रै थिए
रगत पसिना बलिदानले विशाल नेपाल दिए ।

फिरङ्गीलाई लखेटेर पृथकतावाद रोकेको 
सबै जातको फूलबारीले चन्द्र सूर्य बोकेको 
भाँड्न फाँड्न नखोज है हाम्रो राम्रो नेपाल
भित्री बाहिरी देशका दुश्मन सबै  होशियार ।

- खगेन्द्रराज सिटौला 
कृपया मेरो अन्य लेखहरू यहाँ पढ्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Khagendra Raj Sitoula I am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register