एनएआरएन युके संग इन्ग्ल्याण्ड राज्य समन्वय परिषदको धारणा!

जित्नेले आफूलाई मात्रै महान सोच्ने र हार्नेले हारलाई स्वीकार गर्न सकेन भने एनआरएनएमात्रै होइन, हरेक संस्थामा अराजकता हाबी हुन्छ भन्ने तत्व वोध गर्न जरुरी छ । त्यो संस्थाको गरिमा घटाउनु हुन्न भन्ने सबैको मनमा तत्ववोध रहन जरूरी छ ।

Sep 19, 2022 - 07:06
Sep 19, 2022 - 07:11
 0
एनएआरएन युके संग इन्ग्ल्याण्ड राज्य समन्वय परिषदको धारणा!

गैर आवसिय नेपाली संघ (एनआरएनए) युकेमा केही समयदेखि भएको विवादलाई साम्य पार्न आदणीय संरक्षक श्री शेर बाहदुर सुनार ज्यु  र सामजिक का आदणीय ब्याक्तित्वहरू संग   संस्थाको अस्थित्व बचाउनको निम्ति  हार्दिक  अनुरोध गर्न चाहन्छु  ।

र एकले अर्काको अस्तित्व स्वीकार गर्नमात्रै सक्यो भने पनि धेरै हदसम्म हामी उद्धेश्य मा केन्द्रित हुन सक्छौं । एकले अर्कोको आत्मसम्मानमा ठेस पु¥याउने काम नगर्ने र गल्ती गर्नेले पनि वोध गर्न सक्यो भने हामी लक्ष्यको एउटै राजमार्गमा हिँड्न सक्छौं । 

जित्नेले आफूलाई मात्रै महान सोच्ने र हार्नेले हारलाई स्वीकार गर्न सकेन भने एनआरएनएमात्रै होइन, हरेक  संस्थामा अराजकता हाबी हुन्छ भन्ने तत्व वोध गर्न जरुरी छ । त्यो संस्थाको गरिमा घटाउनु हुन्न भन्ने सबैको मनमा  तत्ववोध रहन जरूरी छ ।

एनआरएनए कुण्ठा र अस्वस्थ प्रतिस्पर्धा गर्ने थलो होइन भन्ने वोध हामी सबै संस्थालाई माया गर्नेहरुको मनमा छ । त्यसैले त संस्थाको गरिमा बढाउनेबारे धेरैको मनमा चिन्ता पनि छ ।

सन् २००३ को अक्टोबर ११ देखि १४ सम्म भएको एनआरएनको पहिलो सम्मेलनको नारा थियो, ‘नेपालीका लागि नेपाली ।’ तर, आज के साँच्चै एनआरएनए नेपालीका लागि नेपाली भन्ने नाराजस्तै लक्ष्य केन्द्रित नै छ त ? यसप्रति मूल नेतृत्व र अरू असन्तुष्ट पक्षका साथीहरूले गम्भीर समीक्षा र आफैंलाई प्रश्न गर्नुपर्ने देखिएको छ । 
आज संस्था विश्वभर त फैलिएको छ तर चुनौति र प्रश्नहरु पनि अग्ला भएका छन् । एनआरएनहरुमाथि आज प्रश्न उठिरहेको छ, संस्थालाई किन राजनीतिक खिचातानीको थलो बनाइयो ? मूल नेतृत्व र यसका अगुवाहरुलाई आम गैरआवसीयले प्रश्न गरिरहेका छन्, सिमित समूहको स्वार्थ पूरा गर्ने मैदान एनआरएनएलाई किन बनाइँदै छ ? सुरुका दिनमा एनआरएनएप्रतिको आकर्षण किन दिनानुदिन खस्किरहेको छ ? 

आम गैरआवसीय नेपालीहरुको साझा समस्या हल गर्नेतर्फ किन एनआरएनएले प्रयत्न गरिरहेका छैनन् ? एनआरएनएमाथि सधैं किन आर्थिक पारदर्शिताको प्रश्न खडा भइरहन्छ ? एनआरएनएको नागरिकताको विषयलाई किन गम्भीरतापूवर्क लिइँदैन ? किन मतदानको विषय  जोडतोडका साथ उठिरहेको छैन ? एनआरएनएहरुको सामूहिक लगानी र त्यसको वातावरणको विषय किन ओझेलमा परिरहेको छ ? जुन हिसाबले ज्ञान, सीप, लगानी भित्राउने कुरा एनआरएन नेतृत्वले गर्दै आयो, त्यो किन सन्तोषजनक छैन ? 

आज किन संस्थाको वैधानिकता, यसको औचित्य र दायित्वमाथि प्रश्न उठिरहेको छ ? 
एनआरएनए स्थापनाको उद्देश्यअनुरूप नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा किन योजनावद्ध योगदान दिन सकिरहेका छैनौं ? यसको सोझो उत्तर हो, हामी लक्ष्यबाट स्वार्थकेन्द्रित खेलमा लागिरहेका छौं । 

हामी राजनीतिक आस्था र स्वच्छ प्रतिस्पर्धालाई अबमूल्यन गरिरहेका छौं । हामीले संस्थामा अस्वस्थ राजनीति घुसायौं, हामीले स्वार्थ घुसायौं, हामी अर्काकै गोटी बनिरह्यौं । 

यसो भनिरहँदा म पनि एनआरएनएकै मूल छातामुनिको एउटा नेतृत्वमा छु । म मूल नेतृत्वसहित सबैलाई आह्वान गर्न चाहान्छु, राजनीति, स्वार्थ, कुण्ठा, हेय, अस्वस्थ प्रतिस्पर्धा त्यागेर सामूहिकतामा जाऔं, 

र इन्ग्ल्यण्डको मत कोही कसै संग पनि रहन्न केवल रहन्छ त एउटै मात्र एनआर एन युके संगको मत रहने छ  कसैको पक्ष र बिपक्ष संगको मत रहने  छैन  ।         
अधेरै परिवर्तन ल्याउन सकिन्छ । हाम्रा साझा समस्याहरु हल गर्न सकिन्छ । एकअर्काको अस्तित्व स्वीकार गरौं, लोकतान्त्रिक पद्धति र मूल्य मान्यताको अनुशरण गरौं, हाम्रो महान लक्ष्य प्राप्ति गर्ने राजमार्ग एउटै हुने छ ।

मुख्यतय संस्थहरु हजारौं जन्मन्छन् तर थोरैले मात्रै उदेश्य प्राप्ति गरेका हुन्छन् । आउनुस् हामी संस्था स्थापना गरी राखेको विशाल लक्ष्यलाई पूरा गर्न सक्षम छौं भनेर प्रमाणित गर्न लागौं । त्यसका लागि सिर्जनशील अभियान थालौं ।

लालबहादुर गुरुङ
अध्यक्ष
एनआरएनए इंग्लयाण्ड राज्य परिषद् युके

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Ahilya Kunwar (अहिल्या कुँवर)   ( बेक्सली नेप्लिज् कम्युनिटी पत्रकारिता संयोजक ) Welcome to Bexley Nepalese Community Bexley Nepalese Community (“the Charity”) is a charitable organisation established in 2008 and formally registered in March 2016 with the Company House as a company limited by guarantee. The Charity is working on promotion of social inclusion for the public benefit for those in Nepalese community and Gurkha ex-servicemen and their dependents in the London Borough of Bexley who are socially excluded on the grounds of their social and economic position by the provision of basic English language, computer courses, advancement of education of the public in Gurkha and Nepalese culture, tradition and history by means as the trustees see fit.