सकारात्मक परिवर्तनका लागि जागरुक मिडिया

एक दिवसीय सेमिनार काठमाडौंमा सम्पन्न

Jun 16, 2024 - 07:22
 0
सकारात्मक परिवर्तनका लागि जागरुक मिडिया

असार २, काठमाडौं। बह्मकुमारी राजयोग सेवा केन्द्र नेपाल तथा प्रजापिता बह्मकुमारी ईश्वरीय विश्वविद्यालय, मिडिया शाखा, माउण्ट आबु, राजस्थान, भारतको आयोजनामा हिजो सकारात्मक परिवर्तनका लागि जागरुक मिडिया सम्बन्धी एक दिवसीय सेमिनार सम्पन्न भएको छ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राज दादीमाको अध्यक्षतामा सम्पन्न सो सेमिनारमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरही रहनु भएको थियो।

सो कार्यक्रममा नेपालका विभिन्न संचार माध्यममा आबद्ध भएका संचारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालका तर्फबाट नागरिक शक्ति नेपालका अध्यक्ष एवं घटना र विचार साप्ताहिकका प्रधान सम्पादक देप प्रकाश त्रिपाठी, रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री, त्रि.विश्वविद्यालय आम संचार पत्रकारिता विभागका विभागीय प्रमुख प्रबलराज पोखरेल र ब्रह्मकुमारीज मिडिया विंग हैदराबाद भारतकी राष्ट्रिय संयोजक राजयोगिनी ब्रह्मकुमारु सुनिता, मिडिया विंग हरियाणाका संयोजक तथा श्रीमत एक्सप्रेस दैनिक देहरादुन उत्तराखण्डका, भारतका प्रधान सम्पादक डा. दिन दया मित्तल, ब्रह्मकुमारीज मिडिया विंग काठमाडौ, नेपालका राष्ट्रिय संयोजक ब्रह्मकुमार रामसिंह ऐर लगायतले वर्तमान समयमा सकारात्मक मिडिया सम्बन्धी आ-आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

त्यसैगरी प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, मिडिया विंग माउण्ट आबुका राष्ट्रिय संयोजक ब्रह्मकुमार डा. शान्तनु भाइजीले स्वागत मन्तव्य गर्नुको साथै ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले वर्तमान समयमा मिडिया सम्बन्धी भएका काम कारबाही बारे जानकारी गराउनु भएको थियो।

यसैविच मिडिया विंग ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, माउण्ट आबु राजस्थान, भारतको आयोजनामा ब्रह्मकुमारीज दिव्य अनुभूति हल, माउण्ट आबुमा आगामी सेप्टेम्बर २६ देखि ३० सम्म राष्ट्रिय मिडिया सम्मेलनको आयोजना हुने मिडिया विंग माउण्ट आबुका राष्ट्रिय संयोजक ब्रह्मकुमार डा. शान्तनु भाइजीले जानकारी गराउनु भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register