दुर्लभ संयोग : ९२ वर्षीया आमा र छोराको कृति एकसाथ सार्वजनिक

Jul 12, 2022 - 18:48
 0

काठमाडौं। मनमा जोश र जाँगर छ भने मानिसले उमेरले छेक्दैन भन्ने उदाहारण शनिबार देखियो। शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ९२ वर्षीया आमा मनकुमारी सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ र उनका कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’को पहिलो कविताकृति ‘हृदयका स्पन्दनहरू’ एकसाथ सार्वजनिक भएको छ।

क्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले उक्त दुवै कृति सार्वजनिक गरेका हुन्। कार्यक्रममा विमोचन मन्तव्य दिँदै प्रमुख अतिथि उप्रेतीले मनमाया सिटौलाको कृतिले एक सय वर्ष अघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशको कहानी अभिव्यक्त भएको बताउँदै पुस्तक एउटा कालखण्डको अभिलेख भएको उल्लेख गरे। उनले कवीन्द्र सिटौलाको कवित्वको चर्चा गर्दै उनले कविता यात्रालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

साहित्यकार डा. साधना प्रतीक्षाले ‘मैले बिताएको युग’को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैमा एउटा कृति भएको उल्लेख गरिन्। उनले भनिन् ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो।’

प्राज्ञ कवि डा. देवी नेपालले कवीन्द्र सिटौलाको कविताकृतिमाथि चर्चा गर्दै उनको कवितामा जीवन जगतका विभिन्न पाटाहरू अभिव्यक्त भएको बताए। कवीन्द्रको काव्य साधना यात्रा पुरानो भए पनि उनी दृश्यमा ढिलो आएको उल्लेख गरे।

‘मैले बिताएको युग’की सम्पादक तथा मनमायाकी छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनका बारेमा सोध्दै डायरी लेख्दै गएको बताइन् । आज त्यही डायरीले पुस्तकको रूप लिएको उनको भनाइ थियो। आत्मकथा राधिकाले सम्पादन गरेकी हुन्।

कार्यक्रममा कृतिकार मनमाया सिटौलाले पूर्वेली लोकभाका गाएर सुनाएकी थिइन्। हरिचरण सिटौला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विजया पन्त, कवीन्द्र सिटौला, डा. वसन्त पन्तलगायतले धारणा राखेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal