स्फटिकेश्वर मन्दिर मेलम्चीमा सांगितिक र आध्यात्मिक कार्यक्रम सम्पन्न । (फोटो फिचर सहित  )

May 9, 2024 - 06:52
May 9, 2024 - 06:55
 0
स्फटिकेश्वर मन्दिर मेलम्चीमा सांगितिक र आध्यात्मिक कार्यक्रम सम्पन्न । (फोटो फिचर सहित  )

बैशाख २७, काठमाडौं ।

सिन्धुपाल्चोक जिल्लाको फटकशिला, स्फटिकेश्वर मन्दिर मेलम्चीमा दुइ दिने सांगितिक र आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ । 
अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठान, पथिक फाउण्डेशन र स्फटिकेश्वर मन्दिर फटकशिलाको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपािलकाका प्रमुख आइतमान तामाङ्ग रहनु भएको थियो । 


कार्यक्रममा आफनो भनाई राख्दै नगरपािलकाका प्रमुख तामाङ्गले शुरुमा रेडियो नेपालमा शास्त्रीय सङ्गीत बज्दा बेटरी सकिन्छ रेडियो बन्द गर भन्ने आफुले सानामा सुनेको स्मरण गर्दै अहिले शास्त्रीय सङ्गीतको महत्व धेरै बढेको बताउँदै फेरि पनि समय अनुकुल अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानलाई कार्यक्रममा बोलाउने बाचा गर्नु भयो । 


सो अवसरमा  अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानका संरक्षक अच्युतराम भण्डारीले प्रमुख अतिथी नगरपालिका प्रमुख तामाङ्गलाई प्रतिष्ठानको तर्फबाट संगीत सम्बन्धी र आध्यात्मिक पुस्तक उपहारस्वरुप प्रदान गर्नु भएको थियो । 


यसैगरी मन्दिरका अध्यक्ष बद्रि आचार्यले  यस कार्यक्रमबाट शास्त्रीय सङ्गीत, भक्ति सङ्गीत, ध्यान, वेदान्त बारे जनमानसले बुझने अवसर पाएको बताउनु भयो । 
कार्यक्रममा अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानका संरक्षक अच्युतराम भण्डारीले आफनो प्रतिष्ठानलाई यहाँ आएर कार्यक्रम गर्न अवसर प्रदान गरेकोमा धन्यवाद दिंदै नेताहरुले खासै काम नगरेकाले युवा नगरपालिका प्रमुख तामाङ्गलाई युवाहरुको नेतृव्त लिई अघि बढन अनुरोध गर्नु भयो । 


गत बैशाख २३ गते सांझ  भजन कीर्तन, आरती सहित शुरु  भएको कार्यक्रम भोलि पल्ट बैशाख २४ गते विहान दश बजे देखि अपरान्ह तीन बजेसम्मको सत्रमा  शास्त्रीय सङ्गीतबाट शुरु भइ भक्ति सङ्गीत , नृत्य ,ध्यान र प्रवचनसंगै  समापन भएको थियो ।

Photo Collection:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register