अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु

बझाङ, १८ कार्तिक । अरिङ्गालले टोक्दा बझाङमा दुई बालकको मृत्यु भएको छ । थलारा गाँउपालीका वडा नम्बर-२ घर भएका ३ वर्षका सुरवीर खाती र ५ वर्षका सिया खातीको मृत्यु भएको त्यहाँका वडा अध्यक्ष रवीन्द्र खातीले रेडियो नेपाललाई जानकारी दिनुभएको छ । ७ वर्षकी सुमि खाती उहाँकी आमा डम्मरा खाती र बजैको पनि अरिङ्गालको टोकाई वाट [...] The post अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु appeared first on Jhapa Online.

Nov 3, 2024 - 05:22
 0
अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु

बझाङ, १८ कार्तिक । अरिङ्गालले टोक्दा बझाङमा दुई बालकको मृत्यु भएको छ ।

थलारा गाँउपालीका वडा नम्बर-२ घर भएका ३ वर्षका सुरवीर खाती र ५ वर्षका सिया खातीको मृत्यु भएको त्यहाँका वडा अध्यक्ष रवीन्द्र खातीले रेडियो नेपाललाई जानकारी दिनुभएको छ । ७ वर्षकी सुमि खाती उहाँकी आमा डम्मरा खाती र बजैको पनि अरिङ्गालको टोकाई वाट शक्त घाइते भएका छन् ।

उनीहरू सबै एउटै घरपरिवारका सदस्य हुन । घाइते सुमि खातीको अवस्था पनि गम्भीर रहेको वडा अध्यक्ष खातीले जानकारी दिनुभयो ।

शनिवार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा अरिङ्गालले टोक्दा दुवै जना बच्चाहरूको स्थानीय दङ्गाजी स्वास्थ्य चौकी ल्याउँदै गर्दा मृत्यु भइसकेको उहाँले जानकारी दिनुभयो । तिहारको बेला भएको यो घटनाले दङ्गाजी गाउँ अहिले शोकमग्न भएको छ ।

The post अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register