कैलालीमा ४६ जनाले गरे एमाले परित्याग, पूर्वमाओवादी भनेर हेपेको आरोप

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एमाले छाडेको घोषणा गरेका हुन् । एमाले परित्याग गर्नेहरू नेकपा विघटनपछि एमालेमा लागेका नेता–कार्यकर्ता रहेको पाइएको छ । एमाले भएर बस्दा आफूहरूले पटक–पटक पूर्वमाओवादीको रुपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ । उनीहरूले एमालेका गोदावरी नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा […]

Jan 6, 2025 - 06:29
 0
कैलालीमा ४६ जनाले गरे एमाले परित्याग, पूर्वमाओवादी भनेर हेपेको आरोप

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एमाले छाडेको घोषणा गरेका हुन् ।

एमाले परित्याग गर्नेहरू नेकपा विघटनपछि एमालेमा लागेका नेता–कार्यकर्ता रहेको पाइएको छ ।

एमाले भएर बस्दा आफूहरूले पटक–पटक पूर्वमाओवादीको रुपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ ।

उनीहरूले एमालेका गोदावरी नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।

एमाले परित्याग गर्नेमा नगर कमिटी सदस्य कल्पनाकुमारी विकदेखि संगठित सदस्य फगी कामीसम्म छन् ।

महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब एमालेभित्र आफूहरूले बसिरहन आवश्यक नठानेको उनीहरूकाे भनाइ छ ।

‘खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौं । त्यसैले आजकै मितिदेखि हामी ४६ जना कमरेडहरूले एमाले परित्याग गर्ने निर्णय गरेका छौं,’ राजीनामा पत्रमा भनिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register