पाकिस्तानी सैन्य अड्डामा भारतको हवाई आक्रमण

काठमाडौं । भारतले जवाफी कारबाहीमा धेरै पाकिस्तानी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको बताएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणका बारेमा जानकारी दिएकी हुन् । ‘पाकिस्तानले जानाजानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेपछि भारतीय सशस्त्र बलहरूले पनि योजनाबद्ध तरिकाले जवाफी आक्रमण गरेको उनको भनाइ छ । प्राविधिक प्रतिष्ठानहरू, कमान्ड […]

May 10, 2025 - 08:25
 0
पाकिस्तानी सैन्य अड्डामा भारतको हवाई आक्रमण

काठमाडौं । भारतले जवाफी कारबाहीमा धेरै पाकिस्तानी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको बताएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणका बारेमा जानकारी दिएकी हुन् ।

‘पाकिस्तानले जानाजानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेपछि भारतीय सशस्त्र बलहरूले पनि योजनाबद्ध तरिकाले जवाफी आक्रमण गरेको उनको भनाइ छ । प्राविधिक प्रतिष्ठानहरू, कमान्ड र नियन्त्रण स्टेसन, राडार साइट र हतियार डिपोहरूलाई लक्षित गरिएको उनले बताइन् ।

‘रफिकी, मुरिद, चकलाला, रहिमयार खान, सुक्कुर र चुनियामा रहेका पाकिस्तानी सैन्य अड्डाहरूमा सटीक हतियार र लडाकु विमानहरूले प्रहार गरियो,’ उनले थपिन् ।

कर्णेल कुरेशीका अनुसार भारतले पाकिस्तानको पसरुरमा रहेको राडार साइट र सियालकोटमा रहेको उड्डयन बेसलाई पनि निशाना बनाएको थियो ।

‘यी सबै प्रतिशोधात्मक कार्यका लागि, न्यूनतम संपाश्र्विक क्षति (सर्वसाधारण जनतालाई न्यूनतम क्षति) सुनिश्चित गरिएको थियो,’ उनले थपिन् ।

पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको कर्णेल कुरेशीले जानकारी दिइन् । ‘नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ । श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो,’ उनले थपिन्, ‘बिहान १.४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको थियो । भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको छ ।’

भारत र पाकिस्तानबीच जारी तनावका बीच लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिश्री, भारतीय सेनाकी कर्णेल कुरेशी र भारतीय वायुसेनाका विङ कमान्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव मिश्रीले पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक भइरहेको बताएका छन् । ‘पाकिस्तानका गतिविधिहरू निरन्तर उत्तेजक छन् । प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ,’ उनले भने ।

भारतको यो भनाइमाथि पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

जम्मूको आवासीय क्षेत्रमा पाकिस्तानको आक्रमण, त्रासमा सर्वसाधारण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register