शिवसताक्षीमा ३ हजार १३५ किशोरीले लगाए एचपीभी खोप
शिवसताक्षी, १ फागुन । झापाको शिवसताक्षी नगरपालिकामा ३ हजार १ सय ३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले लगाएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जसमा कक्षा–६ मा अध्ययन गर्ने ६४२ जना छात्रा, कक्षा–७ देखि १० [...] The post शिवसताक्षीमा ३ हजार १३५ किशोरीले लगाए एचपीभी खोप appeared first on Jhapa Online.

शिवसताक्षी, १ फागुन । झापाको शिवसताक्षी नगरपालिकामा ३ हजार १ सय ३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले लगाएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
जसमा कक्षा–६ मा अध्ययन गर्ने ६४२ जना छात्रा, कक्षा–७ देखि १० सम्म अध्ययन गर्ने २३८९ छात्राले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रोशन अधिकारीले जानकारी दिए । उनले विद्यालय नजाने १० वर्षीय एक जना र ११ वर्ष देखि १४ वर्षका १०३ जना किशोरीले खोप लगाएको जानकारी दिए ।
नगरपालिकाले पालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र स्वमसेविकाहरुलाई अभियानमा खटाइएको थियो । अभियानका क्रममा स्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेश बारकोटी लगायतको टिमले अनुगमन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
खोप अभियानमा नगरका खोप लगाउन तोकिएको उमेर समूहका किशोरी नछुटुन् भन्ने उद्देश्यले शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र नगर उपप्रमुख नरमाया कार्कीले विभिन्न समय अनुगमन र आफैँ पनि प्रचार–प्रचारमा जुट्नु भएको थियो ।
खोप अभियान सकिए पनि शिवसताक्षी नगरपालिकाले अभियानका क्रममा छुटेका किशोरीहरुलाई नगरको स्वास्थ्य केन्द्रहरुमा अझै केही दिन खोप लगाउने जनाएको छ ।
The post शिवसताक्षीमा ३ हजार १३५ किशोरीले लगाए एचपीभी खोप appeared first on Jhapa Online.
What's Your Reaction?






