ओडेसामा रुसको ड्रोन आक्रमण: दम्पतीको मृत्यु, १७ जना घाइते

एजेन्सी। रुसले शुक्रबार राति युक्रेनको बन्दरगाह शहर ओडेसामा मानवरहित यान( ड्रोन )आक्रमण गर्दा एक दम्पतीको ज्यान गएको छ भने कम्तीमा १७ जना घाइते भएका छन्। क्षेत्रीय गभर्नर ओलेह किपरका अनुसार घाइतेहरूमा तीन बालबालिका पनि परेका छन्। मानवरहित यान( ड्रोन )एक आवासीय धरहरामा ठोक्किँदा तीन तलामा क्षति पुगेको र केही मानिसहरू भवनभित्रै फसेका थिए। युक्रेनी सुरक्षासेवाका […]

Jun 28, 2025 - 18:06
 0
ओडेसामा रुसको ड्रोन आक्रमण: दम्पतीको मृत्यु, १७ जना घाइते

एजेन्सी।

रुसले शुक्रबार राति युक्रेनको बन्दरगाह शहर ओडेसामा मानवरहित यान( ड्रोन )आक्रमण गर्दा एक दम्पतीको ज्यान गएको छ भने कम्तीमा १७ जना घाइते भएका छन्।

क्षेत्रीय गभर्नर ओलेह किपरका अनुसार घाइतेहरूमा तीन बालबालिका पनि परेका छन्। मानवरहित यान( ड्रोन )एक आवासीय धरहरामा ठोक्किँदा तीन तलामा क्षति पुगेको र केही मानिसहरू भवनभित्रै फसेका थिए।

युक्रेनी सुरक्षासेवाका अनुसार युक्रेनी प्रतिआक्रमणमा रूसी-नियन्त्रित क्रिमियास्थित किरोवस्के सैन्य हवाई अड्डामा विशेष मानवरहित यान प्रयोग गरिएको थियो।

आक्रमणमा रुसका बहुउद्देश्यीय र आक्रमण उदग्रबिमान(हेलिकप्टर)हरु मी-८,मी २६, मी-२८ साथै पान्टसिर-एस १ नामक स्वचालित हवाई रक्षा प्रणाली नष्ट गरिएको दाबी गरिएको छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनबाट प्रक्षेपित ४० भन्दा बढी मानवरहित यान(ड्रोन) पश्चिमी रुस र क्रिमियामा खसालिएको बताएको छ। तर ओडेसा आक्रमणबारे मस्कोले कुनै प्रतिक्रिया दिएको छैन।

युक्रेनले गत जुनको सुरुमा युक्रेनी मानवरहित यान(ड्रोन)हरुले रुसभित्र गुप्त रूपमा प्रवेश गरी मस्कोको रणनीतिक बमवर्षक विमानहरूको झण्डै एक तिहाइ नष्ट गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register