नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने भएको छ । भाजपाको दिल्ली विधानसभा संसदीय दलको बुधबार बसेको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी रहेको बताइएको छ । नवनियुक्त मुख्यमन्त्रीको शपथ […]

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने भएको छ ।
भाजपाको दिल्ली विधानसभा संसदीय दलको बुधबार बसेको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी रहेको बताइएको छ ।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार हुने बताइएको छ । दिल्ली विधानसभा चुनावमा उनी शालिमारबागबाट निर्वाचित भएकी थिइन् ।
What's Your Reaction?






