लाल मोहम्मदको हत्यारा पटेल प्रहरी नियन्त्रणमा

काठमाडौं । २०७९ असोज ३ गते गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्याका सुटरलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । राजधानीबाट टोखा हँुदै नुवाकोट जान लागेका ती मुख्य सुटरलाई काठमाडांै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखामा गोली हानी नियन्त्रणमा लिएको थियो । लाल मोहम्मदको हत्यामा संलग्न रहेका मुख्य सुटरलाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका […]

Mar 3, 2025 - 01:20
 0
लाल मोहम्मदको हत्यारा पटेल प्रहरी नियन्त्रणमा

काठमाडौं ।


२०७९ असोज ३ गते गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्याका सुटरलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । राजधानीबाट टोखा हँुदै नुवाकोट जान लागेका ती मुख्य सुटरलाई काठमाडांै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखामा गोली हानी नियन्त्रणमा लिएको थियो ।


लाल मोहम्मदको हत्यामा संलग्न रहेका मुख्य सुटरलाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो । प्रहरीले गोली हानी भारतीय नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिएको हो । पटेलमाथि प्रहरीले ४ राउन्ड गोली प्रहार गरेको थियो । पटेलको अवस्था खतरामुक्त रहेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको एसपी आचार्यले जानकारी दिनुभयो ।
यसअघि लाल मोहम्मदको हत्याका योजनाकार भारतीय नागरिक बब्लु पासवानमाथि पर्सामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको थियो । पासवानकै बयानमा मुख्य सुटर भारतीय नागरिक रहेको खुलेको थियो । त्यसपछि खोजी गरेको प्रहरीले ती व्यक्ति टोखामा रहेको जानकारी पाएपछि पक्राउ गर्न गएको थियो ।


भारतीय आपराधिक समूहले मोहम्मदमाथि गोली चलाएको पाइएको थियो । घटनाका मुख्य सुटर पटेल रहेको जानकारी पाएको प्रहरीले घटना लगत्तैबाट पटेलको खोजी गरेको थियो । भारतमा पनि अपराधका कैयौं घटनामा फरार रहेका पटेल नेपालमा लुकिछिपी बस्दै आएका थिए । तराईका जिल्लाहरूमा बस्ने गरेका पटेलमाथि तराईमै निगरानी बढाएपछि उनी काठमाडौं आएर बस्न थालेका थिए ।

पटेल काठमाडौंमा रहेको सूचना पाएपछि महाशाखाको टोलीले खोजी कार्यलाई तीव्र बनाएको थियो । प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले पटेलमाथि गोली चलाएको दाबी गरेको छ । प्रहरीको चलाएको गोली पटेलको घुँडामा लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register