प्रेस काउन्सिलको निर्णयप्रति मिडिया एलायन्सको ध्यानाकर्षण

काठमाडौं । अंग्रेजी दैनिक ‘द हिमालन टाइम्स’लाई कालो सूचीमा राख्ने प्रेस काउन्सिल नेपालको निर्णयप्रति मिडिया एलायन्सको गम्भिर ध्यानाकर्षण भएको छ। द हिमालयन टाइम्सले काउन्सिललाई स्पष्टिकरणसहितको पत्रसमेत बुझाइसकेको र त्यसपछि कुनै छलफलविना नै “कालोसूची“ मा राखिएको भन्दै उक्त सूचीबाट तत्काल हटाउन आग्रह गरिरहेको अवस्थामा मिडिया एलायन्सले प्रेस काउन्सिल नेपाललाई आफ्नो निर्णयमा पुनर्विचार गरी सम्बद्ध पक्षसँग वार्ता […]

Mar 12, 2025 - 02:14
 0
प्रेस काउन्सिलको निर्णयप्रति मिडिया एलायन्सको ध्यानाकर्षण

काठमाडौं ।


अंग्रेजी दैनिक ‘द हिमालन टाइम्स’लाई कालो सूचीमा राख्ने प्रेस काउन्सिल नेपालको निर्णयप्रति मिडिया एलायन्सको गम्भिर ध्यानाकर्षण भएको छ।


द हिमालयन टाइम्सले काउन्सिललाई स्पष्टिकरणसहितको पत्रसमेत बुझाइसकेको र त्यसपछि कुनै छलफलविना नै “कालोसूची“ मा राखिएको भन्दै उक्त सूचीबाट तत्काल हटाउन आग्रह गरिरहेको अवस्थामा मिडिया एलायन्सले प्रेस काउन्सिल नेपाललाई आफ्नो निर्णयमा पुनर्विचार गरी सम्बद्ध पक्षसँग वार्ता अगाडि बढाउन आग्रह गरेको छ ।

मिडिया एलायन्सले भनेको छ– ‘निष्पक्ष र पारदर्शी प्रक्रियाअनुरूप दुवै पक्षको भनाइलाई प्राथमिकताका साथ सुन्ने संविधानिक दायित्व बोकेको संस्था प्रेस काउन्सिलले कुनै पनि निर्णयमा पुग्नुअघि सम्बन्धित पक्षसँग सत्यतथ्य बुझेर मात्रै प्रेस स्वतन्त्रता र निष्पक्षतालाई मनन गरोस्।’

हतारमा गरिएको निर्णयले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामाथि आँच नपुगोस् भन्नेतर्फ सचेत रहन आग्रह गर्दै मिडिया एलायन्सले प्रेस जगतलाई निर्धक्कसँग आफ्नो दायित्व पूरा गर्ने वातावरण प्रदान गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण समेत गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register