बलम्बुमा हिलोमा लतपतिएको अवस्थामा भेटियो नवजात शिशुको शव
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा हिलोमा लतपतिएको अवस्थामा नवजात शिशुको शव भेटिएको छ । बलम्बु खोलामा शिशुको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका एसपी अपिलराज बोहराका अनुसार सालनाल सहितको शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । भर्खर जन्मेको छोरीको शव कसले खोला किनारमा फाल्यो भन्नेबारेमा […]

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा हिलोमा लतपतिएको अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।
बलम्बु खोलामा शिशुको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका एसपी अपिलराज बोहराका अनुसार सालनाल सहितको शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
भर्खर जन्मेको छोरीको शव कसले खोला किनारमा फाल्यो भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
What's Your Reaction?






