कच्चा इँट्टाजस्तै चर्किएको श्रमिकको जीवन (तस्वीरहरू)
काठमाडौं । मनकुमारी बुढा उमेरले ३७ वर्ष, आजभन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौं पसेकी उनी राम्रो काम र कमाइ हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इँट्टा भट्टामा काम गर्दैछिन् । ११ वर्ष अगाडि श्रीमान्ले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काधमा आयो र दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनकी छोरीले इट्टा भट्टामा […]

काठमाडौं । मनकुमारी बुढा उमेरले ३७ वर्ष, आजभन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौं पसेकी उनी राम्रो काम र कमाइ हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इँट्टा भट्टामा काम गर्दैछिन् ।
११ वर्ष अगाडि श्रीमान्ले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काधमा आयो र दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनकी छोरीले इट्टा भट्टामा इँट्टा बोक्ने काम गर्न थाले ।
एक पटकमा ४० देखि ४५ वटासम्म इँट्टा बोक्ने उनीहरुको कमाई कति पटक इँट्टा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्दछ । जति पटक इँट्टा बोक्यो, त्यति पटक काजगमा छाप लगाउने र पछि हिसाब गरि दैनिक कमाइ निर्धारण गर्ने गरिन्छ । “कहिलेकाहीँ शारीरिक अस्वस्थताका कारण काम गर्न सकिँदैन त्यो दिन त कमाइ नै हुँदैन,” मनकुमारीले सुनाइन् ।
इँट्टा भट्टामा काम उनीहरु त एउटा उदाहरण मात्र हुन्, चरण बालश्रमको प्रयोग गरिने इँट्टा भट्टामा ११/१२ वर्षका बालकहरु खच्चर धपाउने काम गर्ने गर्दछन् । धुलो धुँवामा न्युन ज्यालामा काम गर्ने उनीहरुले श्रमशोषण भोग्न बाध्य छन् ।
नेपालगञ्जबाट आएर इँट्टा भट्टामा खच्चर धुपाउन ११ वर्षीय राजु, १२ वर्षीय गोलु आफ्नो उमेरभन्दा ठूलो काम गर्दछन् भट्टामा । उनीहरुको काम काँचो इँट्टा बोक्ने खच्चर धपाउने हो । एक पटक काँचो इँट्टा बोकेको खच्चर धपाएबापत् ३ रुपैँया कमाइ हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाइ हुने भएकाले उनीहरुको दौडधुप निकै देखिन्थ्यो ।
धुलो धुँवा, शारीरिक रुपमा धेरै बल लगाउँन पर्ने काम भएकाले इँट्टा भट्टामा बालश्रमको प्रयोग गर्न नहुने भएतापनि पनि घरको गरिबी, शैक्षिक अवस्थालगायताको विभिन्न कारणले बालबालिकाहरु इँट्टा भट्टामा काम गर्न बाध्य छन् ।
न्युन ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरुलाई सरकारको सामाजिक सुरक्षा कोषजस्ता कल्याणकारी कोषहरुले समेट्न सकेको छैन ।
तस्वीर – नेपाल फोटो लाइब्रेरी
What's Your Reaction?






