करेन्ट लागेर १ जनाको मृत्यु
ओखलढुङ्गा, २२ वैशाख । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–८ भुसिङ्गामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा कैलाली जिल्लाको साबिक हसुलिया गाविसका ३० वर्षिय बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरी सिग्माकोण प्रालि। काठमाडौँका कर्मचारी हुनुहुन्छ । सिग्माकोण प्रा।लीले ठेक्कामार्फत ट्रान्सफर्मर जडान गरेको थियो । घटनाबारे जानकारी आउनासाथ [...] The post करेन्ट लागेर १ जनाको मृत्यु appeared first on Jhapa Online.

ओखलढुङ्गा, २२ वैशाख । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–८ भुसिङ्गामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा कैलाली जिल्लाको साबिक हसुलिया गाविसका ३० वर्षिय बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।
चौधरी सिग्माकोण प्रालि। काठमाडौँका कर्मचारी हुनुहुन्छ । सिग्माकोण प्रा।लीले ठेक्कामार्फत ट्रान्सफर्मर जडान गरेको थियो । घटनाबारे जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
The post करेन्ट लागेर १ जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






