राजावादीको एकता नटुट्ने लिङ्देन र थापाको उद्घोष

काठमाडौं । राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेतृत्वले राजावादी एकता नटुट्ने जिकिर गरेका छन् । राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन घोषणा कार्यक्रमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादीहरूको एकता अब नटुट्ने बताएका हुन् । राप्रपा अध्यक्ष लिङदेनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन एकताबद्ध रूपमा निष्कर्षमा […]

May 8, 2025 - 10:54
 0
राजावादीको एकता नटुट्ने लिङ्देन र थापाको उद्घोष

काठमाडौं । राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेतृत्वले राजावादी एकता नटुट्ने जिकिर गरेका छन् ।

राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन घोषणा कार्यक्रमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादीहरूको एकता अब नटुट्ने बताएका हुन् ।

राप्रपा अध्यक्ष लिङदेनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन एकताबद्ध रूपमा निष्कर्षमा पुर्‍याउने बताए । ‘घोषणा भएको आन्दोलन कुनै पार्टी र समूहको होइन । यो सिंगो देशको हो । यो आन्दोलन निष्कर्षमा नपुगी हामी छुट्ने छैनौँ,’ उनले भने ।

गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन लिङ्देनले आग्रह गरे ।‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले  कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताए । ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं,’ अध्यक्ष नेपालले भने ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा हुने आन्दोलनमा राप्रपा र राप्रपा नेपाल दुबैले ऐक्यवद्धता जनाएका छन् । यसअघि समिति नेतृत्वको आन्दोलनलाई अस्वीकार गर्दै आएका दुई दलले अब समितिलाई मान्यता दिएका छन् । सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलनको घोषणा  गरेको छ । प्रमुख तीन माग राखेर समितिले आन्दोलन घोषणा गरेको हो ।

परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता कायम गर्दै राजसंस्था अटाउने गरीको नयाँ समझदारी, सर्वधर्म समभाव  सहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको माग सहित आन्दोलनको घोषणा भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register