होन्डाको ‘फ्रि सर्भिस क्याम्प’ सम्पन्न

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले पूर्वी नेपालका प्रमुख शहर विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोडलाई लक्षित गरी तीन दिने निःशुल्क सर्भिस क्याम्प तथा होन्डा एलिभेट गाडीको परीक्षण सवारी (टेस्ट ड्राइभ) कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विराटनगरस्थित सुविधा अटो सर्भिस सेन्टर (होन्डाको आधिकारिक सर्भिस केन्द्र)मा सम्पन्न भएको […]

May 18, 2025 - 12:06
 0
होन्डाको ‘फ्रि सर्भिस क्याम्प’ सम्पन्न

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले पूर्वी नेपालका प्रमुख शहर विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोडलाई लक्षित गरी तीन दिने निःशुल्क सर्भिस क्याम्प तथा होन्डा एलिभेट गाडीको परीक्षण सवारी (टेस्ट ड्राइभ) कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम विराटनगरस्थित सुविधा अटो सर्भिस सेन्टर (होन्डाको आधिकारिक सर्भिस केन्द्र)मा सम्पन्न भएको हो ।

कार्यक्रमअन्तर्गत ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गरिएको थियो । जसअनुसार लेबर चार्जमा २०५ रुपैयाँ, पार्ट्समा ७५ रुपैयाँ र लुब्रिकेन्टमा ५५ रुपैयाँसम्म छुट दिइएको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, सन् २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीले निर्धारण गरेका गाडीहरूमा होन्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एअरब्याग परिवर्तन समेत गरिएको कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङ कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्तै सेवा प्रदान गर्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register