एसीसी यू-१६ कप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हराएको हो । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । […]

Jun 24, 2025 - 06:49
 0
एसीसी यू-१६ कप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हराएको हो । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो ।

जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि शियान्स बजगाईंले ४२ बलमा ३८ रन जोडे । साथै, प्रसिद्ध जोशीले ३७ बलमा ३३ रन बनाउँदा जोयो थापाले ७ बलमा १ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ रोजेको जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको थियो ।  जापानका कप्तान चार्ली हारा-हिन्जेले सर्वाधिक ३६ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि शुभम खनालले १० ओभर बलिङ गर्दै १५ रन खर्चेर महत्त्वपूर्ण ५ विकेट लिए । उनको यो प्रदर्शन नेपाललाई खेलमा बलियो स्थितिमा पुर्‍याउन निर्णायक रह्यो । खनालबाहेक, अभय यादवले २ विकेट लिँदा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट हात पारे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register