एक साताभित्र एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठीमीले उत्तरपुस्तिका परीक्षण र प्राप्ताङ्क इन्ट्रीको काम अन्तिम चरणमा पुगेको जनाएको छ। असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने योजना रहेपनि शिक्षकहरूको काठमाडौंमा भएको आन्दोलनका कारण केही ढिलाइ भएको हो। २०८१ साल चैत […]

Jun 26, 2025 - 05:07
 0
एक साताभित्र एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठीमीले उत्तरपुस्तिका परीक्षण र प्राप्ताङ्क इन्ट्रीको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने योजना रहेपनि शिक्षकहरूको काठमाडौंमा भएको आन्दोलनका कारण केही ढिलाइ भएको हो। २०८१ साल चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register