दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

May 19, 2023 - 08:55
 0
दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु
दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

नानिङ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।  

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडक खण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ।

अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । (रासस-सिन्ह्वा)  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1