प्रविधिको प्रयोग: पानी घट्टाको ठाउँमा बिजुली घट्टा

रामेछाप ।   प्रविधिको प्रयोगका कारण पुराना पुस्ताले प्रयोग गर्ने पानी घट्टा अहिले लगभग विस्थापित भएको छ । केही वर्ष अघि सम्म हाम्रा बाउबाजेले कुटानी पिसानीको लागि प्रयोग गदै आएको पानी घट्टा परिमार्जन गरेर रामेछापका एक व्यक्तिले बिजुली घट्टा बनाएका छन् ।  खाँडादेवी गाउँपालिका ७ का यमबहादुर मगरले बिजुलीको मोटरबाट चल्ने ढुङ्गे घट्टा बनाएका हुन् । […]

Nov 12, 2024 - 09:10
 0
प्रविधिको प्रयोग: पानी घट्टाको ठाउँमा बिजुली घट्टा

रामेछाप । 

 प्रविधिको प्रयोगका कारण पुराना पुस्ताले प्रयोग गर्ने पानी घट्टा अहिले लगभग विस्थापित भएको छ । केही वर्ष अघि सम्म हाम्रा बाउबाजेले कुटानी पिसानीको लागि प्रयोग गदै आएको पानी घट्टा परिमार्जन गरेर रामेछापका एक व्यक्तिले बिजुली घट्टा बनाएका छन् । 

खाँडादेवी गाउँपालिका ७ का यमबहादुर मगरले बिजुलीको मोटरबाट चल्ने ढुङ्गे घट्टा बनाएका हुन् । विगतमा खोलाको पानी कुलोमा ल्याएर अग्लो ठाउँबाट पानी झारी घुमाइने घट्टलाई मगरले घरमा नै बिजुलीको मोटरबाट चल्ने बनाएका छन् । 

पानीबाट घुमाउँदा भन्दा मोटरले घुमाउने घट्टले छिटो पिस्ने र स्वादमा पनि उही रहने मगरले बताए ।  पानी घट्टलाई मोटर घट्टा बनाउने आफ्नै सिप रहेको मगरले बताए । बिजुलीले त्यत्रा मेसिन त घुमाउँछ भने यो घट्ट किना नघुमाउला भन्ने लाग्यो । परम्परागत रूपमा बाबुले खोलामा चलाउँदै आउनुभएको घट्ट निकालेर घरमा ल्याएको उनले बताए ।  

बिजुलीबाट ढुङ्गे घट्ट चलाउँछु भनेपछि यमबहादुरलाई घट्ट चलाउन चाहिने मोटर आफूले किनिदिने बचन दिएको खाँडादेवी गाउँपालिका–७ का वडाध्यक्ष सिरेलाल तामाङ बताए । घट्ट सञ्चालनमा ल्याएकोले मोटर किनेको खर्च वडाध्यक्ष तामाङ व्यवस्थापन गरिदिने बचा गरेको सञ्चालक यम बहादुर मगरले बताए।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register