केयूका  संस्थापक उपकुलपति शर्मालाई पत्नी शोक

काठमाडौँ।  काठमाडौँ विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई पत्नी शोक परेको छ ।नेपालका शैक्षिक धरोहर शर्माकी  धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलको ७४ वर्षको उमेरमा  काभ्रेको धुलिखेलस्थित  आफ्नै निवासमा बुधवार  बिहान निधन निधन भएको हो।  परिवारका अनुसार उनले उच्च रक्तचाप, मधुमेहको औषधि सेवन गर्दै आएकी थिइन्  । तर, दैनिक नृत्य कर्म गरी  बिहानीको व्यायाम गर्ने, हिँड्ने […]

Nov 4, 2024 - 08:50
 0
केयूका  संस्थापक उपकुलपति शर्मालाई पत्नी शोक

काठमाडौँ। 

काठमाडौँ विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई पत्नी शोक परेको छ ।नेपालका शैक्षिक धरोहर शर्माकी  धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलको ७४ वर्षको उमेरमा  काभ्रेको धुलिखेलस्थित  आफ्नै निवासमा बुधवार  बिहान निधन निधन भएको हो। 

परिवारका अनुसार उनले उच्च रक्तचाप, मधुमेहको औषधि सेवन गर्दै आएकी थिइन्  । तर, दैनिक नृत्य कर्म गरी  बिहानीको व्यायाम गर्ने, हिँड्ने लगायत घरको सम्पूर्ण कामहरु गर्दै आएकी थिइन्  । १४ गते बिहान पनि उनी  उठेर दैनिक झै व्यायाम गरी  ध्यानमा बसेकी  र सोही क्रममा मृत्यु भएको हो  ।  उनका ४ जना सन्तानमा कान्छी छोरीको  भने स्वर्गारोहण भैसकेको छ। 

पशुपति आर्यघाटमा अन्त्येष्टि गरी  धुम्बाराई हाईट ग्रिनहिलसिटी कोलनीको १३ नं भवनमा उनको हिन्दु परम्परा अनुसार काजक्रिया गरिँदै छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register