जाडोसँगै बढ्यो कण्डमको खपत, १ एक करोड ५८ लाख पिस आयात

झापा, १० पुस । जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ [...] The post जाडोसँगै बढ्यो कण्डमको खपत, १ एक करोड ५८ लाख पिस आयात appeared first on Jhapa Online.

Dec 25, 2024 - 09:06
 0
जाडोसँगै बढ्यो कण्डमको खपत, १ एक करोड ५८ लाख पिस आयात

झापा, १० पुस । जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षभरमा ३ करोड ९२ लाख ३२ हजार ८५० वटा कन्डम आयात भएको थियो । सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार राजस्व सङ्कलन गरेको थियो । सो वर्षभरमध्ये मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात गरिएको विभागको तथ्याङ्कमा छ । यो महिनासम्म १२ करोड ०२ लाख ८३ हजार रुपैयाँको कन्डम आयात भएको थियो । मङ्सिर महिना जाडोयाममा बढी कन्डम आयात भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३ करोड ६५ लाख ९९ हजार २९० वटा कन्डम आयात भएको छ । त्यसबापत २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । सरकारले यो वर्ष ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त वर्ष मङ्सिरमा मात्रै १ करोड ८४ लाख ०७ हजार ३९० वटा कन्डम आयात भएको थियो । मङ्सिरमा कन्डम आयात गर्दा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

The post जाडोसँगै बढ्यो कण्डमको खपत, १ एक करोड ५८ लाख पिस आयात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register