हुम्ला आगलागी पीडितलाई दारी ग्याङ यूकेको पहलमा थप सहयोग

लन्डन- दारी ग्याङ यूकेले हुम्ला उनापानी गाउँका आगलागी पीडितलाई फेरि सहयोग गरेको छ । दारी ग्याङ यूकेको पहलमा पीडित ९ परिवारलाई अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, र शैक्षिक सामग्री प्रदान गरिएको हो ।  दारी ग्याङ यूके अध्यक्ष सुशील गौतमले लगातारको वर्षाले बाटो भत्किएर नेपालगन्जबाट सामान ढुवानी गरेर हुम्ला, उनापानी गाउँसम्म पुर्‍याउन निकै चुनौतीपूर्ण रहेपनि पीडित ९ परिवारलाई […]

Jul 23, 2025 - 08:44
 0
हुम्ला आगलागी पीडितलाई दारी ग्याङ यूकेको पहलमा थप सहयोग


लन्डन- दारी ग्याङ यूकेले हुम्ला उनापानी गाउँका आगलागी पीडितलाई फेरि सहयोग गरेको छ ।

दारी ग्याङ यूकेको पहलमा पीडित ९ परिवारलाई अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, र शैक्षिक सामग्री प्रदान गरिएको हो । 

दारी ग्याङ यूके अध्यक्ष सुशील गौतमले लगातारको वर्षाले बाटो भत्किएर नेपालगन्जबाट सामान ढुवानी गरेर हुम्ला, उनापानी गाउँसम्म पुर्‍याउन निकै चुनौतीपूर्ण रहेपनि पीडित ९ परिवारलाई अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, र शैक्षिक सामग्रीहरू वितरण गर्न सफल भएका जनाए।

उनले सहयोग वितरण कार्यक्रममा समन्वय गर्ने हुम्ला निवासी जग्दिश हमाल र धर्मजित शाही साथै चन्दा दिने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिएका छन् । 

यसअघि भयावह आगलागीले ९ परिवारको जीवन कष्टकर बनाएको खबरसँगै दारी ग्याङ यूकेले चन्दा संकलन गरि जुलाई १ तारिख रु. १,८२,४२६. ७५ (अक्षरुपी एक लाख, ८२ हजार, ४२६ रुपैयाँ ७५ पैसा) हुम्ला पठाएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register