गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ  : कृषिमन्त्री अधिकारी 

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच  बढाउन आवश्यक रहेको बताएका छन्। मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए। नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय […]

Dec 27, 2024 - 06:23
 0
गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ  : कृषिमन्त्री अधिकारी 

काठमाडौ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच  बढाउन आवश्यक रहेको बताएका छन्। मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए।

नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन  आवश्यक छ ,भने।

मन्त्री अधिकारीले आम नागरिकको घर खेत सम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप  बढी संवेदनशील हुन जरुरी रहेको  पनि बताए।

उन्नत जातका बीउको प्रयोगले हाम्रो उत्पादकत्व बढाउन मात्र होइन, किसानको आय स्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ, उचित समयमा उपलब्ध हुने गुणस्तरीय बीउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा स्थापित रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले बीउ विजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने समेत उल्लेख गरे।

मन्त्री अधिकारीले  गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगत देखि नै गर्दै आइरहेको भन्दै  बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्र मैत्री रहेको पनि बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register