नेपालमा वार्षिक करिब २ अर्बको विदेशी मदिरा आयात 

बुटवल । मदिरा व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले विदेशी मदिराले नेपालको ठुलो धनराशी पलाएन भएको धारणा राखेका थिए । उनीहरूले गत आर्थिक वर्षमा मात्र १ अर्ब ८० करोड ७३ लाख बराबरको विदेशी मदिरा नेपाल भित्रिएको समेत बताएका छन् ।  यो तथ्याङ्क केवल भन्सार विन्दुबाट लिगल्ली आएको हो भन्दै व्यवसायीले अवैध […]

Dec 28, 2024 - 11:41
 0
नेपालमा वार्षिक करिब २ अर्बको विदेशी मदिरा आयात 

बुटवल ।

मदिरा व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले विदेशी मदिराले नेपालको ठुलो धनराशी पलाएन भएको धारणा राखेका थिए । उनीहरूले गत आर्थिक वर्षमा मात्र १ अर्ब ८० करोड ७३ लाख बराबरको विदेशी मदिरा नेपाल भित्रिएको समेत बताएका छन् । 

यो तथ्याङ्क केवल भन्सार विन्दुबाट लिगल्ली आएको हो भन्दै व्यवसायीले अवैध रूपमा आउने मदिराले नेपाली बजार ध्वस्त पारेकोले अवैध मदिरालाई नियन्त्रण गर्न माग गरेका हुन । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर गुणस्तरीय बनाई विदेशी मदिराको आयात रोक्नुपर्ने बताउनु भयो ।  

उहांले विदेशी ब्रान्डका मदिराको आयात गर्दा बर्सेनि अर्बौँ रुपैयाँ बाहिर गइरहेकाले आफ्नै उत्पादन  गुणस्तरीय बनाई ब्राण्डिङ गर्नुपर्नेमा जोड दिनु भयो ।  

‘नेपालमा अर्ग्यानिक वस्तु र जडीबुटीबाट बन्ने मदिरालाई उद्योगमा रुपान्तरण गरी तिनलाई ब्रान्ड र लेबलिङ गरेर करको दायरामा ल्याउनुपर्छ’– मन्त्री ढकालले भन्नु भयो–‘यसो गर्न सके मात्र विदेशी मदिराको आयात प्रतिस्थापन हुन्छ र नेपालको पैसा विदेश जानबाट रोकिन्छ ।’ घरेलु मदिरा उत्पादनलाई  औद्योगीकरण गरेर करको दायरामा ल्याई वैद्य बनाउन  प्रदेश सरकारले कानुन बनाउन लागेको बताउँदै मन्त्री ढकालले  स्वदेशी मदिरालाई प्रवर्धन गर्न विदेशबाट आयात हुने मदिरामा  करको दर  बढाएर महँगो बनाउन जरुरी रहेको औँल्याउनु भयो ।

  मन्त्री ढकालले सरकार व्यवसायीको अभिभावक बन्नुपर्ने भन्दै नीति र कानुन बनाउँदा व्यवसायी मैत्री हुनुपर्ने बताउनु भयो । केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई  वित्तीय र प्रशासनिक संघीयताको अधिकार पूर्ण रुपमा नदिँदा  अधिकार कार्यान्वयनमा समस्या भएको मन्त्री ढकालले बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले स्थानीय जातीय पहिचानका आधारमा मदिरा उत्पादन गर्न पाउनु पर्ने भन्दै गुणस्तरीय उत्पादनका लागि मापदण्ड बनाएर विज्ञको सुझावका आधारमा मदिरा उत्पादन गरी विदेशी मदिराको आयातलाई प्रतिस्थापन गर्न जरुरी रहेको बताउनु भयो ।

नेपाली पन र जातीय पहिचानका आधारमा स्थानीय मदिरालाई ब्राण्डिङ गर्नुपर्नेमा उपमहानगरपालिकाको नगर सभाले पारित समेत गरेको नगर प्रमुख पाण्डेयले बताउनु भयो  । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले नेपालको कुल राजश्व असुलीमा करिब २० प्रतिशतको योगदान मदिरा र सूर्तीजन्य पदार्थको रहेको चर्चा गदै विदेशी मदिरा नेपालमा भित्रिदा अरबौँ रुपैयाँ विदेश पलाएन भएकोले विदेशी मदिरालाई कडाइ गर्न माग गर्नु भयो । 

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले नेपालमा मदिराको मनोविज्ञान नै परिवर्तन गर्न जरुरी रहेको छ भन्दै मदिराको उपयोग गर्न नजान्दा हेल्थ्य हेजाड बढाएको खुलासा गर्नु भयो  ।  

मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हिमालय भुसालले राज्यलाई राजस्व र रोजगारीको क्षेत्रमा मदिरा जन्य उद्योग र व्यवसायले पुराएको योगदानको सरकारले कदर गर्न नसकेको गुनासो गर्नु भयो  । 

कार्यक्रममा मदिरा व्यवसायी महासंघका उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, तारानाथ ढुगांना ,रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, होटेल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, संघका पूर्व अध्यक्ष खिम बहादुर खत्री, मदिरा उत्पादक संघका बजार प्रतिनिधी प्रितम गिरी, संघका महासचिव बावुलाल खनाल लगायतले व्यवसायीले भोग्नु परेका समस्याका बारेमा प्रकाश पार्नु भएको थियो । साधारण सभाले अध्यक्ष , महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका सांगठनिक, आर्थिक प्रतिवेदन  पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register