न्यु इयर अफरः ९१ नम्बर ब्रोकरमा डिम्याट र मेरो सेयर खाताको नविकरण आजीवन निःशुल्क

काठमाडौँ । अँग्रेजी नयाँ वर्षको अवसरमा सिबिआइएल सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ९१) ले बम्पर अफर घोषणा गरेको छ । ब्रोकरले अँग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा डिम्याट र मेरो सेयर खाताको नविकरण आजीवन निःशुल्क गर्ने घोषणा गरेको हो । उक्त अफर नयाँ डिम्याट खाता खोल्नेहरुका लागि भएको ब्रोकरले जनाएको छ । अफर सुनिश्चित गर्नका लागि […]

Dec 30, 2024 - 02:00
 0
न्यु इयर अफरः ९१ नम्बर ब्रोकरमा डिम्याट र मेरो सेयर खाताको नविकरण आजीवन निःशुल्क

काठमाडौँ । अँग्रेजी नयाँ वर्षको अवसरमा सिबिआइएल सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ९१) ले बम्पर अफर घोषणा गरेको छ । ब्रोकरले अँग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा डिम्याट र मेरो सेयर खाताको नविकरण आजीवन निःशुल्क गर्ने घोषणा गरेको हो ।

उक्त अफर नयाँ डिम्याट खाता खोल्नेहरुका लागि भएको ब्रोकरले जनाएको छ ।

अफर सुनिश्चित गर्नका लागि अँग्रेजी नयाँ वर्ष २०२५ जनवरी १ देखि ३१ भित्र सिबिआइएल सेक्युरिजिट (ब्रोकर नम्बर ९१)मा डिम्याट खाता खोल्नुपर्ने कम्पनीले जनाएको छ । साथै उक्त सुविधा लिनका लागि ग्राहकले अनिवार्य रुपमा टिएमएस एकाउन्ट पनि सोही ब्रोकरमा खोल्नुपर्नेछ ।

सेयर बजारमा लगानीकर्ताको सहभागिता बढाउन र लगानीको वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक आजीवन समयका लागि डिम्याट र मेरो सेयर नविकरण निःशुल्क सुविधा ल्याएको कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register