पहिलो दिन आर्मीविरुद्ध मधेस १२१ रनले पछि, आलमले लिए ६ विकेट
काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेस प्रदेश पहिलो दिनमा १२१ रनले पछाडि परेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा आफ्नो पहिलो इनिङ्समा मधेस ३५.५ ओभरमा १०२ रनमा अलआउट भएको थियो । साथै, मधेसले १ ओभरमा २ रन बनाउँदै दोस्रो इनिङ्स पनि डिक्लेर गरेको छ । यससँगै मधेस १२१ […]

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेस प्रदेश पहिलो दिनमा १२१ रनले पछाडि परेको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा आफ्नो पहिलो इनिङ्समा मधेस ३५.५ ओभरमा १०२ रनमा अलआउट भएको थियो । साथै, मधेसले १ ओभरमा २ रन बनाउँदै दोस्रो इनिङ्स पनि डिक्लेर गरेको छ ।
यससँगै मधेस १२१ रनले पछाडि परेको छ ।
पहिलो इनिङ्समा मधेसका लागि हरिशङ्कर साहले ३१ रन बनाए । अभिषेक तिवारीले १३ र मयन यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।
आर्मीका लागि भने साहब आलमले ६ विकेट लिए । उनले ९ ओभरमा ३२ रन खर्चेर आफ्नो फाइफर पूरा गरेका थिए । सो क्रममा उनले ५ मेडन ओभर फाले ।
आलमले १४.६ ओभरमा निरज यादवलाई, १८.२ मा हरिशंकरलाई, २२.२ मा विशाल पटेललाई आउट गरे । उनले एकै ओभरमा लगातार २ विकेट पनि लिए । उनले २६.२ ओभरमा अभिषेक तिवारी र २६.३ ओभरमा रुपेश सिंहलाई आउट गरे ।
यस्तै, सोमपाल कामी, आकाश चन्द, र बसिर अहमदले १–१ विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा आर्मीले ५९.३ ओभरमा ९ विकेटको क्षतिमा २२५ रन बनाएृको थियो ।
What's Your Reaction?






