नेपाल पानी उद्योग वाणिज्य महासंघको साधारण सभा तयारी समिति गठन

काठमाडौं । नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा माघ १७ गते हेटौंडामा हुने काठमाण्डौं नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ । देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता सगठनका रुपमा गठन गर्न पुष २६ र २७ गते […]

Jan 11, 2025 - 16:20
 0
नेपाल पानी उद्योग वाणिज्य महासंघको साधारण सभा तयारी समिति गठन

काठमाडौं ।

नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा माघ १७ गते हेटौंडामा हुने काठमाण्डौं नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ ।

देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता सगठनका रुपमा गठन गर्न पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा राख्ने निर्णय गरेको हो ।


भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बु चेमजोङले बताउनुभयो ।

त्यसैगरी, समितिका सदस्यहरुमा दीपक श्रेष्ठ, गोकर्ण सिलवाल , गंगा प्रसाद अगंजा , गोकुल थापा , रविन्द्र मोहन अधिकारी , लिला भण्डारी , मिना दाहाल,भिमसेन खतिवडा , भरत बुढाथोकी , रुपचन्द्र थापा , रोसा श्रेष्ठ , राष्ट्रमान श्रेष्ठ , कैलास भट्ट , ध्रुब अधिकारी , बिक्रम मण्डल , रुपचन्द्र नौलाखा , ध्रुब बहादुर गौतम , अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत लकाई र देव नारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register