पुननिर्माण कार्यलाई तीव्रता दिइने छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपद्बाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन् । ‘ डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा […]

Jan 5, 2025 - 09:34
 0
पुननिर्माण कार्यलाई तीव्रता दिइने छ: गृहमन्त्री लेखक

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपद्बाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन् ।

‘ डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मुल्यांकन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनर्निमाणको काम अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ,’ उहाँले भन्नुभयो ।

विपद क्षतिको मुल्यांकन भइसकेको ठाउँमा पुनर्निमाण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए । ‘विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धि मापदण्ड केही समयअघि पारित भइसकेको छ ।


सोही सम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौं । आगामी माग तेस्रो साताबाट जाजरकोटको भूकम्पको विपद क्षतिको मुल्यांकन कार्य सुरु हुनेछ,’ उनले भने । उक्त निर्णय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उहाँको भनाइ छ । गृहमन्त्री लेखकका अनुसार साँझ सात बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषदको बैठक बस्दैछ । आजको परिषद बैठकले निर्णय गरिसकेपछि पुनर्निमाणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register