माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीकाे घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले […]

Jan 13, 2025 - 15:07
 0
माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीकाे घोषणा

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन ।


प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन ।


अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगाययत स्थल पुगेका थिए ।  प्रधानमन्त्री ओलीले त्यहाँस्थित प्रभावित महिला, बालबालिका र विद्यार्थीले गौरवबोध गरेको जनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register