कब्जामा राखेका ३३ बन्दी रिहा गर्न हमास सहमत देखिएको छ : इजरायल

दोहा ।  प्यालेस्टाइनी विद्रोही समूह हमासले ३३ जना बन्दी रिहा गर्ने भएको छ । दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मन्जुर भएका हुन् ।  हमास–इजरायलबिच युद्दबिराम गर्ने बारेको छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताको पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन् । ‘इजरायल–हमास […]

Jan 14, 2025 - 08:19
 0
कब्जामा राखेका ३३ बन्दी रिहा गर्न हमास सहमत देखिएको छ : इजरायल

दोहा । 

प्यालेस्टाइनी विद्रोही समूह हमासले ३३ जना बन्दी रिहा गर्ने भएको छ । दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मन्जुर भएका हुन् ।

 हमास–इजरायलबिच युद्दबिराम गर्ने बारेको छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताको पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।

‘इजरायल–हमास युद्धमा युद्धविराम हुने महिनामा पहिलो सकारात्मक सङ्केत देखा पर्न सक्छ,’ इजरायलका एक अधिकारीलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ ।

मध्यपूर्व अस्थिर भएको तथा गाजालाई ध्वस्त पारेको १५ महिना पछि दुवै पक्ष युद्दबिराम नजिक पुगेका छन । साथै, घेराबन्दीमा परेको प्यालेस्टिनी एन्क्लेभमा थप सहायताको लागि अनुमति दिने भएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरे पछि त्यहाँको शान्ति अवस्था दयनीय छ ।

इजरायली सरकारका अनुसार हमासले इजरायलबाट लिइएका २५१ बन्धकमध्ये ९४ जनालाई अझै पनि उनीहरूको कब्जामा छन, जसमध्ये कम्तीमा ३४ जना मारिएको जनाइएको छ । इजरायल यो विश्वास गर्दछ कि सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्धकहरू मध्ये धेरैजसो जीवित छन्, एक वरिष्ठ इजरायली अधिकारीले सोमबार पत्रकारहरूलाई भने तर सो सुचीमा मृतक बन्दीका शव पनि हुन सक्ने जनाइएको छ ।

 हमास र इजरायल बिचमा कम्तीमा ४२ दिने युद्धविराममा हुने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register