युद्धविराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु

गाजा। युद्धविरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् ।  आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो । एन्क्लेभको नागरिक रक्षाका अनुसार यसरी मारिनेमा २८ बालबालिका र ३१ महिलासहित कम्तीमा ११३ प्यालेस्टाइनीको मृत्यु भएको छ ।  उता, कतारको प्रयासको  १५ महिनापछि गाजामा शान्ति घोषणा हुनेछ […]

Jan 18, 2025 - 04:19
 0
युद्धविराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु

गाजा।

युद्धविरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् । 

आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो । एन्क्लेभको नागरिक रक्षाका अनुसार यसरी मारिनेमा २८ बालबालिका र ३१ महिलासहित कम्तीमा ११३ प्यालेस्टाइनीको मृत्यु भएको छ । 

उता, कतारको प्रयासको  १५ महिनापछि गाजामा शान्ति घोषणा हुनेछ भनिएको थियो ।  इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत पनि भएका छन्। इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता भोली अर्थात आइतवार (१९ जनवरी २०२५) देखि लागू हुने भनिएको छ । तर, इजरायलले गाजामा हमला गर्न भने अझै छाडेको छैन् ।
 

गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजामा सम्झौताको घोषणा भए लगतैको दिनमा  इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको र करिब २५८ जना घाइते हुन पुगेका थिए ।

गाजा सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले १६ जनवरी एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “बुधवार अर्थात १५ जनवरीमा युद्धविराम सम्झौता घोषणा भएपछि इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको छ भने र २५८ जना घाइते भएका छन् । यो युद्धविरामको घोषणा पछिको अवधिमा अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो।’

तर, युद्बबिरामको सम्झौतामा सहमत भए पनि इजरायली रक्षा बलले बिहीबार भनेको थियो,  ‘आज इजरायली सेनाले गाजा पट्टीमा लगभग ५० आतंकवादी स्थानहरूमा आक्रमण गरेको छ ।’ यसको सर्बत्र आलोचना भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register