ब्राउसुगरसहित सिरहामा दुई जना पक्राउ

सिरहा।  पछिल्लो समय सिरहामा प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाइएको छ। करिब ४६ किलोमिटर खुला सीमा नाका रहेको सिरहामा प्रहरी प्रशासनको फितलो निगरानीका कारण लागुऔषध कारोबारीले सजिलै नेपालबाट भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्‍याउने र उताबाट ब्राउन सुगर, कोरेक्स, ट्याबलेटलगायत नेपाल भित्र्याउने गरेको पाइएको हो।   बिहीबार मात्र प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। भारतीय बजारबाट […]

Jan 23, 2025 - 12:51
 0
ब्राउसुगरसहित सिरहामा दुई जना पक्राउ

सिरहा।

 पछिल्लो समय सिरहामा प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाइएको छ।

करिब ४६ किलोमिटर खुला सीमा नाका रहेको सिरहामा प्रहरी प्रशासनको फितलो निगरानीका कारण लागुऔषध कारोबारीले सजिलै नेपालबाट भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्‍याउने र उताबाट ब्राउन सुगर, कोरेक्स, ट्याबलेटलगायत नेपाल भित्र्याउने गरेको पाइएको हो।  

बिहीबार मात्र प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। भारतीय बजारबाट नेपालतर्फ ल्याउँदै ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले सिरहा नगरपालिका वडा १७ खैरटोका भन्सार गेटबाटै पक्राउ गरेको छ।

मोटरसाइकल चेकजाँचको क्रममा पाँच ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित गोलबजार-७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र यादवलाई  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालिएको छ।

यता, प्रहरी प्रशासन र स्थानीय सरकारहरूले लागुऔषध विरुद्धको दिवस मनाएर मात्रै वर्षेनी लाखौ खर्चिने गर्छन्।

स्थानीय सरकारहरूले यसको नियमन, अनुगमन, नियन्त्रण र जरीवाना लगायतको कुनै ठोस निर्णय लिन नसकेकाले लागुऔषध तस्कर तथा प्रयोगकर्ताहरूले चुनौती दिइरहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register