पाथीभरा केबलकार विवाद: पक्राउ परेका १७ प्रदर्शनकारी रिहा

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् । अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको प्रहरीले जानकारी दिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले विभिन्न जिल्लाबाट पक्राउ परेका सबैलाई रिहा गरेको जानकारी दिए । ताप्लेजुङबाट ३, झापा […]

Feb 6, 2025 - 08:20
 0
पाथीभरा केबलकार विवाद: पक्राउ परेका १७ प्रदर्शनकारी रिहा

काठमाडौं ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको प्रहरीले जानकारी दिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले विभिन्न जिल्लाबाट पक्राउ परेका सबैलाई रिहा गरेको जानकारी दिए । ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा १७ जना पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register