जसपा नेपालले अध्यादेशबारे पुनः आन्तरिक छलफल गरेर निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशका विषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने भएको छ । सिंहदरबारमा बिहीबार बसेको जसपा नेपाल संसदीय दलको बैठकले अध्यादेशको पक्षमा कि विपक्षमा रहने भन्ने विषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेको हो । बैठकपछि जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले बिहीबारको संसद् बैठकमा अध्यादेश निर्णयार्थ […]

Feb 6, 2025 - 08:24
 0
जसपा नेपालले अध्यादेशबारे पुनः आन्तरिक छलफल गरेर निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशका विषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको जसपा नेपाल संसदीय दलको बैठकले अध्यादेशको पक्षमा कि विपक्षमा रहने भन्ने विषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेको हो ।

बैठकपछि जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले बिहीबारको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएकाले पुन: आन्तरिक छलफल गरेर निर्णय लिइने जानकारी दिइन् ।

बैठकमा जसपा नेपाल अध्यादेश अध्ययन कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको थियो । प्रमुख सचेतक यादवले भूमिसम्बन्धी अध्यादेशमा केही आशंका रहेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरिन् ।

अध्यादेशका बारेमा जसपा नेपाल अनिर्णित भएपछि अन्तिम समयमा सरकार अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारीबाट पछि हटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register