सरकारलाई आजको भोलि नै एआई नीति पारित गरी हाल्नुपर्ने हतारो किन ?
१६ असार २०८१ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलले ‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग एवम् अभ्यास सम्बन्धी अवधारणा-पत्र सार्वजनिक गर्‍यो । त्यसको सात महिनापछि अर्थात् २२ माघ २०८१ मा मन्त्रालयले एआई नीतिको मस्यौदा सार्वजनिक गर्दै सात दिन भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई आग्रह गरेको छ । यस हिसाबले सुझाव बुझाइ सक्नुपर्ने म्याद २९ माघ अर्थात् आज मङ्गलबारका दिन सकिँदैछ । सुझाव पेस गर्न एक साताको मात्र समय दिनुले सरकारले एआई नीतिमा हतारो गरेको देखिन्छ । सुझाव सङ्कलनका लागि यति छो...

What's Your Reaction?






