प्रणय मुक्तकहरू वाचन गरेर बेलायतमा मनाइयो प्रणय मुक्तक दिवश

लन्डन- नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूके शाखाले केन्द्रीय सल्लाहकार एवं मुक्तक साम्राज्ञी उषा शेरचनको प्रमुख आतिथ्यमा प्रणय मुक्तकहरू वाचन गरेर चौंथो प्रणय मुक्तक दिवश सम्पन्न गरेको छ।  कुमार केसीको जुम होस्ट तथा सचिव गङ्गा भण्डारीको कुशल संचालनमा भएको कार्यक्रममा यूके, पोर्चुगल र नेपालका बरिष्ठ मुक्तककारहरुको उल्लेखनीय उपस्थिति थियो।  प्रतिष्ठानका सल्लाहकार तथा कार्यक्रम संयोजक डा. रुपक […]

Feb 16, 2025 - 17:59
 0
प्रणय मुक्तकहरू वाचन गरेर बेलायतमा मनाइयो प्रणय मुक्तक दिवश

लन्डन- नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूके शाखाले केन्द्रीय सल्लाहकार एवं मुक्तक साम्राज्ञी उषा शेरचनको प्रमुख आतिथ्यमा प्रणय मुक्तकहरू वाचन गरेर चौंथो प्रणय मुक्तक दिवश सम्पन्न गरेको छ। 

कुमार केसीको जुम होस्ट तथा सचिव गङ्गा भण्डारीको कुशल संचालनमा भएको कार्यक्रममा यूके, पोर्चुगल र नेपालका बरिष्ठ मुक्तककारहरुको उल्लेखनीय उपस्थिति थियो। 

प्रतिष्ठानका सल्लाहकार तथा कार्यक्रम संयोजक डा. रुपक श्रेष्ठले स्वागत मन्तब्य राख्ने क्रममा प्रणयकेन्द्रित मुक्तकहरु श्रीङ्गारिक, सशक्त र कालजयी हुने बताए।

प्रमुख अतिथि उषा शेरचन तथा विशिष्ट अतिथि विश्वविमोहन श्रेष्ठ साथै सम्पूर्ण अतिथिहरुमा गरिमामय उपस्थितिका लागि आभार ब्यक्त गर्दै डा श्रेष्ठले केन्द्रिय अध्यक्ष रामकाजी कोनेको शुभकामना सन्देश पनि सुनाए। 

प्रमुख अतिथि शेरचनबाट मुक्तक सुनाएर उद्घाटन गरिएको सो कार्यक्रममा सुशील रिजाल, शीतल कादम्बिनी, निशा केसी, दीपक समीप, निलाञ्जला भारद्वाज, सुनिल अधिकारी, साबी श्रेष्ठ, दुर्गा किरण तिवारी, डा. ईश्वरमणी अधिकारी, श्रेष्ठ प्रिया पत्थर, शुशील रिजाल, हेमन्ती जोशी, विष्णु पौडेल, प्रतिमा केसी “प्रवासी”, राज श्रेष्ठ, गङ्गा भण्डारी, कुमार केसी, डा रुपक श्रेष्ठ, जीत बुढथोकी, माया गुरुङ , सँजिता देउजा, रबिन्द्र जोशी, बिन्दु अधिकारी र विश्वविमोहन श्रेष्ठले आफ्ना ५/५ थान प्रणय मुक्तक वाचन गरेका थिए।   

प्रमुख अतिथि शेरचनले ५० वर्षको इतिहासमा नेपाली मुक्तकले ठूलो फड्को मारिसकेको बताउंदै यस कार्यक्रममा अब्बल मुक्तकहरू सुन्न पाइएकोमा खुशी व्यक्त गर्दै आयोजक संस्थालाई बधाई दिइन् । 

सभापति प्रतिमा केसी ‘प्रवासी’ले सम्पूर्ण अतिथि तथा मुक्तकारहरुलाई उपस्थित भै कार्यक्रम भव्य बनाइदिएकोमा आभार ब्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register